रौतहट- रौतहटको डुमरिया मटिऔन-५ मा भैंसी व्यापारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। गोलीबाट ४५ वर्षीय कलाधर पौडेल गम्भीर घाइते भएका छन्। पौडेललाई उपचारका लागि भरतपुर लगिएको चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक प्रकाश चन्द्र शाहीले बताए।लुटपाट गर्न आएका उनीहरुलाई प्रतिकार गर्दा पौडेलमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको शहीले बताए।
प्रकाशित: १७ चैत्र २०७० २२:३४ सोमबार