अन्य

पाठकसँग जगदीश शमशेर

काठमाडौं– ‘राणाहरु तानाशाहमात्र हुन्छन् भन्ने गलत हो। उनीहरुले साहित्य, कला र संस्कृतिमा काम गरेका छन्,' साहित्यकार जगदीशशमशेर राणाले यसो भनिरहँदा लेखक शेखर खरेलले नेपाली साहित्यलाई राजनीतिक घटनाक्रमसँग जोड्ने प्रयास गरेका थिए।जगदीशशमशेर र शेखर शुक्रबार बिपी कोइराला फाउन्डेसनले भारतीय दूतावाससँग मिलेर गरिरहेको ‘कन्भर्सेसन' कार्यक्रममा बोल्दैथिए। दुवैले एक घन्टे छलफलमा राणाहरुले नेपाली साहित्यमा पुर्‍याएको योगदानमाथि समेत चर्चा गरेका थिए। 
‘विभिन्न राजनीतिक अवस्थामा नेपाली साहित्य प्रभावित भएको छ। राणाकालदेखि पछिल्लो जनआन्दोलनसम्म आइपुग्दा नेपाली साहित्य लेखकमा सबै क्षेत्रका लेखकहरुले कमल चलाइसकेका छन्,' लेखक खरेलले भने। 
‘नेपालमा राणाकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्र' शीर्षकको कन्भर्सेसनमा दुवै लेखकले समकालीन अनुभव सुनाएका थिए। ‘कन्भर्सेसन'को १५ औं संस्करणमा उपस्थित श्रोताले नेपाली राजनीति र साहित्यमाथि दुई लेखकसँग अन्तर्त्रि्कया समेत गरे।

प्रकाशित: १५ चैत्र २०७० २३:३६ शनिबार