काठमाडौं-दुई वर्षअघि इन्डियन प्रिमियर लिग (आइपिएल) मा शक्ति गौचनको ‘ट्रायल' यात्रा निकै चर्चित रह्यो। ट्वान्टी–२० विश्वकप छनोटमा जगमगाउदो प्रदर्शनपछि नेपाली क्रिकेटका लोकप्रिय खेलाडी शक्ति राजस्थान रोयल्सको सम्पर्कमा पुगेका थिए।युएईमा भएको विश्व ट्वान्टी २० छनोटमा शक्तिले डेनमार्कसँग ह्याटि्रक गर्नुका साथै पुरै प्रतियोगितामा १५ विकेट लिएका थिए। क्रिकइन्फोले उनीसँगैं नेपालका कप्तान पारस खड्कालाई ‘उत्कृष्ट ११' खेलाडीको छनोटमा राखेको थियो। शक्तिलाई जयपुर पुर्यासउनुको कारण यही प्रदर्शन थियो।
प्रकाशित: १५ चैत्र २०७० ००:१६ शनिबार