मुगु - मुगुस्थित श्रीकोट गाँउ विकास समितिका बालबालिका, एकल महिला, बृद्ध र अपाङ्गलाई सरकार बाट प्राप्त भएको सामाजिक सुरक्षाको रकम जिल्ला सदरमुकाम गमगढीस्थित बाणिज्य बैकबाट झिकेर वितरणका लागि गाँउ तर्फ जाँदै गर्दा बुधबार खत्याड भेगको चिमाडुन्ग्री भन्ने स्थानमा लुटिएको छ।सामाजिक सुरक्षा भत्ता वापत वितरण गर्नु पर्ने १८ लाख रुपियाँ लुटिएको श्रीकोट गाविसका सचिव टिकादत्त प्याकुरेलले जानकारी गराएलगत्तै इन्स्पेक्टरको नेतृत्वमा प्रहरी घटना स्थलमा खटाइएको थियो। घटनास्थल जिल्ला सदरमुकामबाट पैदल एक दिनको दुरीमा पर्छ।
प्रकाशित: १३ चैत्र २०७० ००:१६ बिहीबार