अन्य

वृद्धद्वारा बालिका बलात्कृत

गुल्मी– एक वृद्धद्वारा ९ वर्षीया बालिका विगत ३ महिनादेखि बलात्कृत भएको रहस्य खुलेको छ। जोहाङ–९ चोरकाटेका ६५ वर्षीय वृद्ध खिमानन्द अर्यालले स्थानीय ९ वर्षकी बालिकालाई विगत तीन महिनादेखि बलात्कार गरेको खुलेको हो।

उनले ती बालिकालाई पैसा दिएर लामो समयदेखि बलात्कार गरेको प्रहरीले जनाएको छ। अर्याललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। अर्यालले रातको समयमा घरदेखि केही पर लगेर बलात्कार गर्ने क्रममा बालिका चिच्याएपछि प्रहरीलाई खबर भएको थियो। 
प्रहरीका अनुसार बालिकाले यस्तो गर्दा के हुन्छ भनेर साध्दा वृद्धले बच्चा हुन्छ भनेपछि ती बालिका चिच्याएकी थिइन्। प्रहरीले चैत ४ गते खड्गकोटमा १० वर्षीया बालिका बलात्कार गर्ने २९ वर्षका जीवन दमाईलाई पनि पक्राउ गरेको छ।

प्रकाशित: ९ चैत्र २०७० ००:४३ आइतबार