अन्य

९९ वर्षको इनिङमा विते खुशवन्त सिंह

नयाँ दिल्ली - भारतका प्रख्यात लेखक तथा पत्रकार खुशवन्त सिंहको ९९ वर्षको उमेर आज निधन भएको छ। दी हिन्दुस्तान टाइम्सका पूर्व सम्पादकसमेत रहेका सिंह उपन्यासका लेखनबाट पनि चर्चित थिए।उनको व्यङ्ग्य लेखन शैली बेजोडको थियो। सन् १९१५ मा जन्मिएका खुशवन्त सिंह पद्म भुषणबाट सम्मानित लेखक हुन्। दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको हो। ट्रेन टू पाकिस्तान, दी सनसेट क्लबजस्ता चर्चित उपन्यासका साथै थुप्रै इतिहासका पुस्तकसमेत उनको कृतिकारुपमा रहेका छन्।

प्रकाशित: ६ चैत्र २०७० ०२:२३ बिहीबार