अन्य

महिलालाई आगो लगाएर मारियो

सिरहा - सिरहाको मिर्चैया ३ मा होलीको दिन(सोमबार) आगो लगाइ जलाइएकी महिलाको उपचारको क्रममा मँगलबार विहान मृत्यु भएको छ। मृत्यु हुनेमा २४ वर्षीया पुनम साह हुन्।



जिउँमा मट्टितेल खन्याएर आगो लगाइएकाले पुनमको शरीर पूर्णरुपमा जलिसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर नरेशराज सुवेदीले बताए। घटनास्थलबाट प्रहरीले मट्टितेलको बोतल, सलाई लगायतका सामान बरामद गरेको छ।

प्रकाशित: ४ चैत्र २०७० ००:४९ मंगलबार