अन्य

झडपमा गोली चल्दा एक घाइते

दोलखा- दोलखाको मैनापोखरी बजारस्थित एक भेनियर कारखानामा झडपपछि उत्पन्न विवाद साम्य पार्न गएको प्रहरी टोली माथि एक समुहले उल्टै आक्रमण गरेपछि गोली प्रहार भएको छ। घटनामा एक जना घाइते भएका छन्।



आइतबार दिउँसो करिब ४ बजेको समयमा मैनापोखरीस्थित हनुमन्तेश्वर फर्निचर तथा भेनियर पाता उद्योगको कार्यालय तोडफोड गरी कर्मचारीमाथि हातपात भएपछि तनाव साम्य पार्न गएको प्रहरी टोलीमाथि उल्टै आक्रमण भएको थियो। झडप नियन्त्रण गर्न गएको प्रहरीलाई नै ढुङ्गा र लाठा हानी घाइते बनाएपछि सदरमुकाम, जिरी र रामेछापबाट उतारिएको प्रहरी टोलीले गएराती नै स्थिति नियन्त्रणमा लिइएको जिल्लाका प्रहरी प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए। आक्रमणकारीमध्ये तीनजनालाई पक्राउ गरिएको उनले बताए।

प्रकाशित: ३ चैत्र २०७० ००:०१ सोमबार