अन्य

‘आधा धर्ती' की पक्षपाती

२०३७ सालको आमहडतालमा बिन्दा पाण्डे पञ्चायती व्यवस्थाविरुद्धको र्या्लीमा सहभागी भइन्। उनका दाइ पक्राउ परेका थिए, रिहाइको मागमा र्यायली निकालिएको थियो। त्यसमा सहभागी भएको भन्दै बाबुले गाली गरे, बिन्दालाई आन्दोलनको चस्का पस्यो। २०४६ सालको आन्दोलनका बेला उनी अनेरास्ववियुको केन्द्रीय नेता भइसकेकी थिइन्।विभिन्न भूमिगत राजनीतिक दलका नेता, अधिकारकर्मी र विद्यार्थी संगठनबीच टेलिफोन सम्पर्क गराउने जिम्मा उनैको थियो। पक्राउ पर्नबाट जोगिएर उनले जिम्मेवारी सम्पन्न गरिन्। 
२०४८ मा विद्यार्थी राजनीति छाडेर अखिल नेपाल महिला संघमा आबद्ध भइन् उनी। मजदुर संगठन जिफन्टमा आबद्ध भएर श्रमिक महिलालाई संगठित पार्ने जिम्मेवारी पनि निर्वाह गरिन्। 
२०५० देखि २०५४ सम्म जिफन्टकै कार्यक्रम संयोजक भएर हङकङमा काम गरिन्। 
फर्किएपछि केन्द्रिय महिला श्रमिक विभागमा सचिवको जिम्मेवारी पाइन्। विदेश विभाग सचिव र शिक्षा विभाग सदस्यको जिम्मेवारी पनि पर्योव उनको काँधमा। २०६० देखि २०६५ सम्म उनी जिफन्टकै उपमहासचिव थिइन्। 
राष्ट्रिय महिला आयोगकी संस्थापक पाण्डेले संविधानको लैंगिक विश्लेषण र लैंगिक विषयमा सुझाव तयार पार्ने काम गरिन्। 
उनी आन्दोलनमा लाग्दा महिलालाई ‘आधा आकाश' ठानिन्थ्यो। उनीहरुले ‘आधा धर्ती' अर्थात् भूमिमा पनि महिला अधिकारको आवाज उठाए। यो विषयलाई पार्टीभित्रकै पुरुष नेताले पनि असहज मानेको उनी बताउँछिन्।
अंश र वंशमा महिलाको समान अधिकार माग्ने नेतृको पंक्तिमा बिन्दाको आवाज चर्को छ। महिलाविरुद्ध हिंसाको आचारसंहिता, प्रजनन अधिकार र आमाका नाममा नागरिकता पाउनुपर्ने हकलाई टुंगोमा पुर्यानउन उनी लागिपरेकी छन्।

प्रकाशित: २५ फाल्गुन २०७० ०१:३१ आइतबार