अन्य

संविधानमा महिलाको स्थान

राजनीतिप्रतिको लगाव र निरन्तर सक्रियताको मूल्यांकन गर्दै नेपाली कांग्रेसले पहिलो र दोस्रो संविधानसभामा महालक्ष्मी उपाध्याय ‘डिना' लाई समानुपातिकबाट सभासद बनायो। विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्वसभापतिसमेत भइसकेकी छन्।नेपाल महिला संघमा सक्रिय उनी २०४२ सालको सत्याग्रहमा ६ महिना जेल परिन्।
२०४८ र २०५१ सालमा मकवानपुर २ बाट संसदीय निर्वाचनमा पराजित भए पनि उनी महिला मुक्तिको अभियानबाट पछाडि हटिनन्। ‘महिलालाई अधिकारसम्पन्न नबनाएसम्म देशको विकास असम्भव छ,' उनी भन्छिन्, ‘समाजमा महिलाको स्थानबारे हाम्रो अभियान जारी रहनेछ।' संविधानसभामा महिला अधिकार सुनिश्चित गराएर लोकतान्त्रिक संविधान निर्माणमा योगदान पुर्या उनु अबको लक्ष्य रहेको उनले बताइन्। 
मकवानपुरमा जन्मिएकी डिनाले अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छिन्।

प्रकाशित: २४ फाल्गुन २०७० ०१:३४ शनिबार