'छाला देखाउँदैमा कोही सेक्सी हुँदैन।'
अभिनेत्री बेनिशा हमालले केही महिनाअघिमात्रैे एक अर्न्तवार्तामा भनेकी थिइन्। भद्र अभिनेत्रीको छवि बनाएकी बेनिशाको 'खरो उत्तर' त्यतिबेला निकै 'हिट' भएको थियो। यस्तो बोल्दै गर्दामात्रै होइन, सायद उनले कहिल्यै सोचेकी थिइनन्– कुनै दिन आफ्नो नदेखिनुपर्ने 'स्पेस' देखिएला भन्ने। उनलाई आफ्नै वानपिसले धोका दियो, घुँडाको चेपबाट अन्तरअंगको भूभाग देखियो। 'मिस नर्स'को 'ताज' खिच्न गएका फोटोग्राफरले बेनिशाको 'लाज' पनि खिचे। उक्त प्रतियोगीताको जज बन्न पुगेकी बेनिशाले भने घुँडाको चेपबाट आफ्नो निजी अंगले चिहाइरहेको पत्तो पाइनन्। मिडियामा तस्बिर आएपछि थाहा पाइन्– भित्री वस्त्र लगाउन बिर्सेकै दिन छोटो वानपिसले धोका दिएछ। फिल्ममा 'अंग प्रदर्शन' नगरेर बनाएको 'शालीन अभिनेत्री'को छवि एकै दिनमा धुलोपिठो भयो।
विदेशतिर फिल्म चलाउन वा चर्चा कमाउन यस्ता हर्कत गरिने भए पनि बेनिशाको त्यो मनसाय थिएन। बरु नेपाली समाजमा यस्ता स्क्यान्डलले असर पार्ने भएकाले बेनिशालाई लाज देखिएको तस्बिर छोप्न आपत् पर्योु। किनभने, त्यसको दोस्रो हप्तामात्रै उनी अभिनीत फिल्म रिलिज हुँदै थियो।
फिल्म क्षेत्रमा अञ्जानमा मात्रै यस्ता घटना हुँदैनन्। दुई महिनाअघि अभिनेत्री शिल्पा पोखरेलले जानाजान भित्री वस्त्र देखाइदिएकी थिइन्। बाहिर भने 'वार्डरोब मालफंक्सन' भनी हल्ला फिँजियो। नेपालीले सबैभन्दा बढी जाडोको महसुस गर्ने मंसिर महिनामा पनि छोटो, एकसरो कपडामा आएकी अभिनेत्री शिल्पाको आसन नै 'देखाउने नियत'ले प्रेरित देखिन्थ्यो। फिल्म 'लज्जा'की हिरोइन घोषणा गर्न मञ्चमा पुर्याकइएकै दिन 'लाज' नमानी भित्री वस्त्र देखाएपछि जुन फिल्मको प्रमोसनका लागि पत्रकार सम्मेलन गरिएको थियो, त्यही छायामा पर्योइ। चर्चित हुनका लागि भित्री वस्त्रको सहारा लिएको भनी समाचार फैलियो। उनले पनि 'भूलवश' भनिन्। फिल्मनगरीमा लामो अनुभव बटुलेका निर्माता छवि ओझाले चर्चित हुन उनलाई त्यस्तो 'टिप्स' दिएको हल्ला चल्यो। फोटोग्राफरले 'एंगल' मिलाई–मिलाई तस्बिर खिच्दा पनि शिल्पाले मुस्कुराएर 'पोज' दिनुले पनि जानाजान भन्नेलाई बल मिल्यो।
सदाबहार सुन्दरीका रूपमा चिनिने करिश्मा मानन्धरलाई चर्चित हुन सस्ता स्क्यान्डल गरिरहन जरुरी छैन। तर, उनलाई दुई पटक पहिरनले धोका दिइसकेको छ। पहिलोपल्ट कुपन्डोलस्थित एक डान्स सेन्टरको उद्घाटनमा उनको अन्तर्वस्त्रले दुनियाँ नियाल्यो। पत्रिका र टीभीका लागि मसला खोज्न गएका फोटोपत्रकारले त्यो दृश्य आफ्ना लेन्सभित्र पारिहाले। त्यतिबेला कालो स्कटले धोका दिएपछि केही समयसम्म त्यो पहिरनलाई बहिष्कार गरिन् उनले। तर, त्यो बहिष्कार लामो समय टिकेन। केही दिनपछि उनी पुनः त्यही स्कर्ट लगाएर 'ब्युटी'सम्बन्धी सेमिनारमा पुगिन्। स्कर्टले 'बानी' त्यागेको रहेनछ! उनको रातो भित्री वस्त्र छर्लंगै देखियो। केही महिनासम्म कालो स्कर्टले छोप्न नसकेको उनको रातो सानो वस्त्रको चर्चा भइरह्यो।
पहिरनले दिएको धोकाका कारण 'सेक्सी' भएर सार्वजनिक कार्यक्रममा पुग्नेहरू फर्किंदा 'भद्दा' हुनुपर्छ। 'उध्रेको चोली' बोलको आइटम गीतमा 'जलवा' देखाएपछि सुषमा कार्की सेक्सी हिरोइनका रूपमा दरिएकी थिइन्। विदेशमा बस्ने नेपालीले आयोजना गर्ने कार्यक्रममा उनको 'डिमान्ड' बढ्दो थियो। त्यही क्रममा दुई वर्षपहिले मलेसिया पुगिन्। गुलाबी वानपिसमा उनले गरिरहेको सेक्सी आइटम डान्स भद्दा हुन समय लागेन। किनभने, गुलाबी वानपिस डान्सको मुभमेन्टसँगै उँभो सर्योस, तल दर्शकदीर्घामा बसेकाले उनको हाउभाउ हेर्न छाडेर अन्तै आँखा पुर्यासए। उनको सेतो भित्री वस्त्रको तस्बिर धेरैका मोबाइलमा 'सेभ' भयो।
समय र परिस्थितिअनुसार पहिरन नलगाउनुको घाटा बेहोर्नेे उनीमात्रै होइनन्। हाल अमेरिकामा रहेकी रञ्जना शर्माको एउटा टीभी अन्तरवार्ता युट्युबमा 'हिट' भयो। अमेरिकामै रहँदा स्थानीय एक नेपाली टीभीले लिएको साढे तीन मिनेटको कुराकानी हिट हुनुमा उनको बोलीको एकरत्ति योगदान थिएन। तीनै मिनेट उनको निजी अंग देखिएपछि सामाजिक सञ्जालमा त्यो क्लिप सेयर हुँदै हिट भएको थियो। अन्तरवार्ताकारसँग मस्त गफिइरहेकी उनले क्यामेराम्यानले अनुहारमा भन्दा बढी त्यही ठाउँमा फोकस गरिरहेका छन् भन्ने चाल पाइनन्।
०००
तापक्रम बढ्दो छ। बाक्ला लुगा थन्किने ठाउँको खोजी गरिरहेका छन्। युवतीहरूलाई आकर्षक देखिने अवसर पनि हो गर्मी मौसम। आकर्षक छोटो पहिरनमा सजिएर सुन्दरता प्रदर्शन गर्ने रहर सबै युवतीलाई हुन्छ। त्यस्ता पहिरनमा बसाइ र हिँडाइमा अलिकति मात्रै तलमाथि पर्यो् भने बेइज्जती सहनुपर्छ। पश्चिमा फेशनलाई स्वीकार गर्दै गएको नयाँ पुस्ताका युवतीका लागि 'सेक्सी पनि देखिनुपर्ने र लाज पनि जोगाउनुपर्ने' दोहोरो चुनौती छ। बौद्धकी रश्मिला तमुको बेनिशाको भन्दा कम बेइज्जत भएको थिएन। तर, त्यो सीमित सर्कलमै रह्यो। उनी आफ्नो मिल्ने साथीको बिहेमा गएकी थिइन्। केटाहरू उनको अघि बसेर उनलाई हेरेर हाँसिरहेका थिए। सोफामा साथीसँग मस्त बात मारिरहेकी उनी आफूलाई हेर्ने केटा थपिँदै गएपछि गमक्क फुलिन्। झन् मक्ख परेर गफ गर्न थालिन्। पछि साथीकी बहिनीले कानमा फुकेपछि पो थाहा पाइन्– केटाहरू त उनको गोप्य अंग नियाल्दै रहेछन्। उनी लाजले पार्टी नसकिँदै बाहिरिइन्। भन्छिन्, 'स्कर्ट र वानपिस त्यही दिनदेखि लगाउन छोडिदिएँ।'
'सधैँ पाइन्ट र टिसर्ट लगाएर पार्टीमा जाँदा साथीहरूले 'तँ त कस्तो केटा जस्तो' भन्छन्', २१ वर्षीया कविशा घिमिरेले भनिन्। छोटो पहिरनले उनलाई पहिल्यै घाइते बनाइसकेको छ। '११ कक्षा पढ्दाखेरि हो,' उनले भनिन्, 'दरबारमार्गको एउटा पुल पार्टीमा गएका बेला बस्न होस नपुर्याबउँदा लाज छोपिएनछ। एउटा बदमास केटाले मोबाइलमा तस्बिर खिचेर कलेजभरि फैलायो। म कति दिनसम्म रोएँ, कलेजै गइनँ।' त्यो समय सम्भि्कँदा उनलाई अहिले पनि लाज मर्नु हुन्छ। त्यसपछि सार्वजनिक रूपमा बेइज्जत हुनुभन्दा सर्ट पाइन्ट नै बेसी लगाउने गरेकी छन्। आफन्तहरू बढी हुने प्रोगाममा त वानपिस, स्कर्ट नलगाउन अरूलाई पनि सुझाउँछिन् उनी।
०००
स्लिभलेस टिसर्ट लगाउँदा होस पुर्याकउनुपर्ने लिंकन कलेजमा अध्यनरत पुष्पा बस्नेत बताउँछिन्। यस्तो टिसर्टमा निहुरिएर काम गर्न नमिल्ने र झुक्किएर निहुरिहालेमा लाजमर्दो हुने उनले बताइन्। गर्मी याममा अधिकांश कलेज गर्लले स्कर्ट लगाउनुपर्छ। यो समयमा स्टकिङ लगाउँदा पोल्ने भएकाले स्कुटीमा बस्न पनि होस पुर्याकउनुपर्ने पुष्पाले बताइन्।
वार्डरोब मालफंक्सनका कारण लुगाहरू नै भएको ग्रामीण आदर्श क्याम्पस, मनमैजुकी इभा तामाङको धारणा छ। भन्छिन्, 'ड्रेसमा पहिल्यै फर्म राखिने भएकाले डबल अन्डरवेयर प्रयोग गर्दा भद्दा देखिन्छ। त्यसैले केटीहरू रेडीमेड लुगाकै अन्डरवेयरमा भर पर्छन्। आखिरमा बित्यास पर्छ।'
पातलो वानपिसमा भित्री वस्त्रको छाप देखिने भएकाले प्रायः युवतीले सक्दो भित्री वस्त्र नलगाउने कविशा घिमिरेको अनुभव छ। 'पातलो टिसर्ट लगाउँदा पनि समिज र अन्डर गार्मेन्टको छाप देखिन्छ,' उनले भनिन्, 'छाप नदेखियोस् भनेर कतिले ती लुगै लगाउँदैनन्। तर, छाप लुकाउन खोज्दा अरू नै कुरा देखिएर झन् ठूलो बेइज्जत हुन्छ।'
०००
नेपाली हिरोइनले स्क्यान्डलका लागि अन्तर्वस्त्र नदेखाउने अभिनेत्री रेखा थापा बताउँछिन्। कुनै बेला छोटो पहिरनकै कारण चर्चामा आइरहने उनले भनिन्, 'नेपाली निर्माता/निर्देशकमा त्यस्तो स्क्यान्डल सेन्स नै छैन।' आफ्नो १२ वर्षे करिअरमा कुन फिल्मको कार्यक्रममा कस्तो पहिरन लगाउने भन्ने कुरा आफ्नै दिमागले सोच्नुपरेको उनले बताइन्। लगाएको पहिरनलाई 'क्यारी' गर्न नसकेर नेपाली हिरोइनले बेइज्जती खेप्नुपरेको उनको बुझाइ छ। 'मलाई सारी लगाउन डर लाग्छ, किनभने 'क्यारी' गर्न सक्दिनँ। कतै वार्डरोब मालफंक्सन भयो भने भएन बेइज्जत!' उनले भनिन्।
सम्हालेर लगाउन जान्यो भने जति छोटो लगाए पनि केही समस्या हुँदैन। खुला ड्रेसअप गरेको बेला सार्वजनिक ठाउँमा होस पुर्यानउनु पर्छ। गाडी चढ्दा, पार्टी आदिमा आफ्नो डे्रसबारे ध्यान दिइराख्नुपर्छ। तर, भिजन एकेडमी, बालाजुकी रीता गुरुङ खुला डे्रसअप गर्नु बाध्यता जस्तै भएको बताउँछिन्। भन्छिन्, 'ग्ल्यामरको जमाना छ। आजकल सबैलाई हट देखिनुपर्याु छ। हट देखिनलाई ओपन ड्रेसअप गर्छन्। त्यसो गर्दा कता के फुस्किन्छ, थाहै हुन्न।'
प्रकाशित: १६ फाल्गुन २०७० ०५:१४ शुक्रबार