यसअघिका शुक्रवार अभिनेत्री केकी अधिकारी फिल्मका पर्दामा उपस्थित हुन्थिन्। काठमाडौँका दर्शकले यो हप्ताको शुक्रवार भने उनलाई आँखैअगाडि भेट्नेछन्। किनभने, केकी रंगमञ्चमा उक्लिएकी छिन्। नेवारीबाट नेपालीमा अनूदित नाटक 'चारुमती'की चारुमतीका रूपमा उनी अभिनय गर्दै छिन्। यही शुक्रवारदेखि थिएटर भिलेज काठमाडौँमा यो नाटक नियमित मञ्चन हुँदै छ। फिल्मका पर्दामा विभिन्न चरित्रमा देखिएकी केकी चर्चित अभिनेत्री हुन्। रंगमञ्चमा पनि उनको अभिनय कौशल प्रशंसित होला कि नहोला?
प्रकाशित: १६ फाल्गुन २०७० ०४:३४ शुक्रबार