अन्य

महिलासँग रकम लुट्ने असइ पक्राउ

लहान - बुधबार दिउँसो लहानस्थित अस्पताल चोकबाट एक महिलासँग रकम लुट्ने प्रहरीलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्। सप्तरी मलहनमा ८ कि सेल कुमारी चौधरीसँग भएको ५० हजार रुपैयाँ लुटने असइ दीपेन्द्र नारायण चौधरी पक्राउ परेका हुन्।अस्पताल चोकस्थित प्यारागन पब्लिक स्कूलमा होस्टेल बसेका बच्चालाई भेट्न गाएकी सेलकुमारीले नागरिकसँग भनिन्,‘साइकल रोकेर गेट नजिक जानासाथ मोटरसाइकलमा आएकाले झोला थुतेर भाग्न खोज्यो। हतार हतार झोलाबाट पैसा निकालेर भाग्दा मैले उनको ढाड समातेर चिच्याए।' नजिक रहेका मानिसले चोरलाई त्यही समाते।
 दीपेन्द्र चढेको को ४ प ४९८९ नम्बरको स्पलेन्डर मोटरसाइकल ईप्रका लहानको नियन्त्रणमा छ। महिलासँग लुटेको रकम बुधबार राती ७ बजेसम्म  फेला परेको छैन।

प्रकाशित: १४ फाल्गुन २०७० ०८:१५ बुधबार