अन्य

सञ्चालक पक्राउ

काठमाडौं– बालश्रमिकलाई काम लगाएको अभियोगमा इचंगुनारायणस्थित जय स्वयम्भुनाथ फुड प्रोडक्सनका सञ्चालक पक्राउ परेका छन्।
बालश्रमको प्रयोग हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुले प्रोडक्सनको कार्यालयमा छापा मार्दा सात बालश्रमिक भेटेपछि सञ्चालक मुन्तु शेर्पालाई पक्राउ गरेको हो। शेर्पालाई बालश्रम ऐनविपरीत काम गरेको अभियोगमा सोमबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १२ फाल्गुन २०७० २०:१६ सोमबार