अन्य

दुई विदेशी पक्राउ

काठमाडौंअवैध डलर बोकेको अभियोगमा दुई जना अरेबियन नागरिक पक्राउ परेका छन्। ब्यागमा लुकाएर हवाइमार्गबाट २३ हजार अमेरिकी डलर लैजाने प्रयास गरेको अभियोगमा तारिक राकाड अल्राकाड र फैजल राकाड अल्राकाड पक्राउ परेका हुन्।कतार एयरलाइन्सबाट काठमाडौंदोहा हुँदै गासिम जान विमानस्थल पुगेका उनीहरुको ब्यागेज जाँच गर्दा २३ हजार ८ सय अमेरिकी र ७ हजार साउदी रियाल फेला परेको थियो। विमानस्थलको ह्यान्ड ब्यागेज एरियामा जाँचको क्रममा मनीब्यागमा राखिएको सो रकमसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रकाशित: १२ फाल्गुन २०७० २०:१५ सोमबार