अन्य

सुरक्षाकर्मीद्धारा अवैध अफिम नष्ट

बारा - बाराको पटेर्वा र प्रस्टोका गाविसमा अवैधरुपमा लुकाई छिपाई लगाइएको अफिम खेती नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले फडानी गर्न थालेको छ।जिल्लाको ग्रामिण भागमा उखु र अरु अन्य बालीहरुमा लुकाई छिपाई लगाइएको लागू ओषध अफिम नष्ट गर्न नेपाल प्रहरी र सीमा सुरक्षाबल कार्यालयले संयुक्त रुपमा अभियान चलाएको हो।
बुधबार ईलका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोलीले कचोर्वा ५ मा लगाइएको सात कट्ठा र पटेर्वा ५ लगाइएको  दुई कट्ठा गरी दुई ठाउमा लुकाई छिपाई लगाएको अबैध लागु औषध अफिम खेती नौ कठ्ठा फडानी गरी नष्ट गरिएको कुरा सिमा सुरक्षा बलका सशस्त्र प्रहरी उपरीक्षक कालीदास धौवजीले जनाए।


प्रकाशित: ८ फाल्गुन २०७० ०८:०७ बिहीबार