अन्य

प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा नेपाल

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले आर्थिक सल्लाहकारमा चीरञ्जीवी नेपाललाई नियुक्त गरेका छन्। खुला र उदार अर्थतन्त्रका पक्षपाती नेपाल यसअघि अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाकार थिए।परराष्ट्रमन्त्री सुजाता कोइराला हुँदा उनी परराष्ट्र मन्त्रालयका सल्लाहकार भएका थिए। उनी नेपाल आर्थिक संघमा महासचिव पनि हुन्। निजी क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघका प्रमुख सल्लाहकारको भूमिका निभाएकोले निजी क्षेत्रमैत्री अर्थशास्त्रीको रुपमा चिनिन्छन्। नेपाल धितोपत्र बोर्डका अध्यक्ष भएका बेला नेपालले सेयर बजारमा देखिएको विकृति रोकेर प्रशंसा बटुलेका थिए। श्रम सम्बन्धमा विद्यावारिधी गरेका उनी प्राध्यापन पेसामा पनि संलग्न छन्।

प्रकाशित: ६ फाल्गुन २०७० १९:३७ मंगलबार