अन्य

बेपत्ता विमान पाल्पा र अर्घाखाँचीको सीमानामा खसेको अनुमान

पाल्पा– पोखराबाट जुम्लाका लागि उडेको विमान पाल्पा र अर्घाखाँचीको सीमाना खिदिमको जंगलमा खसेको अनुमान प्रहरीले गरेको छ। स्थानीयले ठूलो आवाज आएको र आगो लागेको भन्दै प्रहरी र पत्रकारहरूलाई सम्भावित ठूलो दुर्घटनाको जानकारी गराएका थिए। अहिले पाल्पाको छहरा प्रहरी चौकीबाट त्यसतर्फ प्रहरी परिचालित भएको र सुरक्षा संयन्त्रलाई सम्भावित उद्धारका लागि उच्च सतर्कतामा राखेको डिएसपी शिव श्रेष्ठले जनाए।

प्रकाशित: ४ फाल्गुन २०७० ०४:२५ आइतबार