अन्य

अपहरण मुद्दाका अभियुक्त प्रकाउ

रौतहट- लामो समयदेखि अपहरण मुद्दामा फरार रहेका एक जना भुपु प्रहरी नायब निरीक्षक पक्राउ परेका छन्। रौतहटको औरैया गाउँ विकास समितिका भुपु जिल्ला शिक्षा अधिकारि वीरेन्द्र झाको ५५ वर्षीया श्रीमती उषादेवी झालाइ २०६९ साल वैशाख १३ गतेका दिन घरबाट राति १ बजेको समयमा अपहरण गरिलगेको आरोपमा स्थानीय भुपु सइ सचिन्द्र झालाई प्रहरीले पक्राउ गरेका छन्।घरमा सुतिरहेको अवस्थामा भुपु सइ झासहित ३–४ जनाको संख्यामा आएका व्यक्तिहरुले उषालाई अपहरण गरेको १२ घण्टापछि प्रहरिले गौर नगरपालिका वडा नम्बर ६ स्थित टिकुलिया टोलमा रहेको बाँस घारीमा लुकाइ छिपाइराखेको अवस्थामा प्रहरिले उद्धार गरेका थिए। 
अपहरण गर्ने क्रममा पीडितले अपहरणकारी पहिचान गरेकोको लिखित जाहेरिको आधारमा लामो समयदेखि फरार रहेको भुपु सइ झालाई मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका टोलीले पुनरावेदन अदालतमा गइरहेको बेला बाटोबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको प्रहरी निरीक्षक विजय राज पंडितले बताए।
सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गत असोज महिनामा स्थानीय सरोज झालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको र अन्य एक जना अभियुक्त मनोज झा फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। अपहरण मुद्दामा पक्राउ परेका भुपु सइलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको र आज जिल्ला अदालत गौरमा बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक पंडितले बताए।

प्रकाशित: ३ फाल्गुन २०७० २३:०२ शनिबार