सिरहा - सिरहाको दक्षिणवर्ती महेशपुर–३ मा आज विहान एक महिलाको शव भेटिएको छ। भेटिएको शव सोही ठाउँकी ४० वर्षीया तारादेवी ठाकुरको भएको प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताए।'घरदेखि नजिकैको खेतमा भेटिएको शवको बाहिरी प्रकृतिबाट हत्या गरी फालिएको देखिन्छ,' जेशीले नागरिकसँग भने, ‘शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान हुँदैछ।’ महिलाले लगाएको सारी उनको घाँटीमा र खुटामा बेरिएको छ। जोशीले भने, ‘आँखामा कुनै धारिलो वस्तुले घोचेर घाउ पारेको देखिन्छ।’
प्रकाशित: १३ माघ २०७० ००:५० सोमबार