तस्बिरबाटै चिनिने अनुहार हुन्, यी दुई। ठूलो पर्दामा चम्किएकी रेखा थापा र सानो पर्दामा ठूलो उचाइ बनाएकी दीपाश्री निरौलालाई कसले चिन्दैन र? तस्बिरमा हेर्नुहोस्, उनीहरू के गरिरहेका छन्! एकअर्काको आलिंगनमा रहेका उनीहरूको झन्डै ओठ पो जोडिएलाजस्तो देखिन्छ। उनीहरूको यो आत्मीयता तस्बिरबाट मात्रै मूल्यांकन गर्नेले अहिलेको जमानामा फरक अर्थ लगाउन सक्ने प्रशस्त संभावना छ। यसका केही देखिने कारण छन्, उनीहरूको म्यारिटल स्ट्याटस सिंगल हो। नेपाली युवतीको विवाहको औसत उमेर दुवैले घर्काइसकेका छन्। र, अँध्यारो रातको तस्बिर छ। त्यसैले कतै उनीहरू 'त्यही' त होइनन्? नआत्तिनुहोस्, यो एकान्तमा लिइएको तस्बिर होइन। फिल्म वितरक गोपाल कायस्थकी छोरीको पार्टीमा खिचिएको तस्बिर हो। अर्काे कुरा उनीहरू निकै आत्मीय साथी हुन्। उनीहरूलाई नजिकबाट जान्नेले मात्रै बुझेका छन्। अरूले बुझ्ने अर्थ त अलग पो हुन्छ त। त्यसैले जोगाउने कुरा जोगाएकै बेस! जमाना खराब जो छ।
प्रकाशित: ९ माघ २०७० २२:३६ बिहीबार