अभिनेत्री मेलिना मानन्धर अभिनयकर्ममा फर्किएकी छिन्। विवाहपश्चात् अभिनयलाई घटाउँदै लगेकी उनी छोरी जन्मिएपछि यस क्षेत्रबाट टाढिएकी थिइन्। फिल्म 'धम्मवती' मार्फत उनको पुनरागमन भएको हो। राज शाक्य निर्देशित 'धम्मवती'मा मेलिना भिक्षुणीको भूमिकामा छिन्। कुनै समय नेपाली फिल्ममा आफ्नो बलियो प्रभाव जमाएकी उनको पुनरागमन पनि प्रमुख भूमिकामा भएको छ। भिक्षुणीको सत्यकथामा आधारित भनिएको फिल्मबाट मेलिनाको पुनरागमनलाई नेपाली फिल्म क्षेत्रले स्वागत कत्तिको न्यानो होला?
प्रकाशित: ९ माघ २०७० २२:३५ बिहीबार