अन्य

बेनिशाको भविष्य

फिल्म 'स्वर'बाट नेपाली रजतपटमा जम्ने सुर गरेका तीन अभिनेत्रीमध्ये केकी अधिकारी फिल्ममा र रीमा विश्वकर्मा म्युजिक भिडियोमा जमिरहेका छन्। बेनिशा हमाल फिल्म र म्युजिक भिडियोमा काम गरिरहे पनि यी दुईको तुलनामा कम चर्चामा छिन्। भन्नुपर्दा बेनिशालाई आफ्नो क्षमता भरपूर प्रदर्शन गर्ने फिल्मको अभाव कायमै छ। यही समयमा बेनिशा मुख्य हिरोइन रहेको फिल्म 'मोक्ष'ले चर्चा कमाइरहेको छ। 'मोक्ष'को चर्चासँगै लामो समयपछि बेनिशाको पनि चर्चा हुन थालेको छ। उनको फिल्म करिअरका विषयमा अनेक कोणबाट टिप्पणी पनि गर्न थालिएको छ। फिल्म 'मोक्ष'ले अल्भि्करहेको बेनिशाको फिल्म करिअरलाई उभो लगाएर मुक्ति प्रदान गर्ला कि नाइँ?

प्रकाशित: ९ माघ २०७० २२:३३ बिहीबार