झन्डै दुई दशक लामो समय नेपाली फिल्म क्षेत्रमा हिरोइनका रूपमा टिक्ने एकमात्र अभिनेत्री हुन्, निरुता सिंह। पछिल्लो फिल्म 'द गेम'ले दर्शकको मन जित्न नसकेपछि उनी नेपाली फिल्मबाट टाढिएकी थिइन्। हाल मुम्बईमा रहँदै आएकी निरुता मलेसियामा हुने नेफ्टा अवार्डका लागि नेपाल आएकी हुन्। नेपाली फिल्म क्षेत्रलाई यो अवस्थामा ल्याइपुर्यानउन निरुताको पनि महत्वपूर्ण योगदान रहेको भन्दै प्राविधिक संघले उनलाई निम्त्याएको हो। नेफ्टा अवार्डमा उनको पनि आकर्षक प्रस्तुति रहनेछ।
प्रकाशित: ९ माघ २०७० २२:३२ बिहीबार