क्षेत्र नम्बर ६ मा यादवको पक्षमा तमसपाले मत माग्ने र क्षेत्र नम्बर ४ मा फोरम गणतान्त्रिकले सिंहको पक्षमा मत माग्ने र प्रचारप्रसार गर्ने सहमति भएको विज्ञप्तीमा उल्लेख छ। क्षेत्र नम्बर ४ को समानुपातिकतर्फको सम्पूर्ण मत फोरम गणतान्त्रिकलाई दिने सहमतिसमेत भएको छ। यो समीकरणमा अरु दलहरु सहभागी हुने कसरत भइरहेको छ।
सिरहा १ मा चुनावी समीकरणका लागि गठन गरिएको ९ सदसीय टोलीले स्थलगत अनुगमन गर्दा मधेसी दलप्रति मतदाताको झुकाव निराशजनक पाएपछि तालमेतको कसरत सुस्ताएको स्रोत बताउँछन्। 'यहाँ जति गर्दा पनि एमाओवादी र कांग्रेसबीच नै टक्कर देखिन्छ,' स्रोत भन्छन्, ‘यो क्षेत्रमा तालमेतलले खासै अर्थ राख्दैन्।’
प्रकाशित: २६ कार्तिक २०७० ०६:४१ मंगलबार