सर्लाही- सर्लाहीको फुलपरासीबाट सशस्त्र प्रहरीले गाँजासहित एक जानालाई पक्राउ गरेको छ। फुलपरासी–४ स्थित गाविस कार्यालय अगाडिबाट ६५ वर्षीय विजय राउतलाई पक्राउ गरीएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र झाले बताए।बीओपी खुटौनाबाट प्रहरी निरीक्षक राम थापाको नेतृत्वमा खटेको प्रहरी टोलिले रातउलाई २ केजि ५ सय ग्रामसहित पक्राउ गरेको हो। शरीरमा बाधेर भारत तर्फ जादै गर्दा पक्राउ परेका राउतलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र झाले बताए। चाड पर्वलाई केन्द्रमा राखेर सर्लाहीमा भारतीय सीमासँग जोडिएको क्षेत्रमा सुरक्षा निगरानि बढाइएको छ।
प्रकाशित: २७ आश्विन २०७० १०:५९ आइतबार