अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौं, नेपाल लेखिएको लेटर प्याडमा खानतलासीको आदेश लेखिएको थियो।
महाशाखाका अनुसार उनले पत्र पुष्पा खनाललाई पढ्न लगाई वेस्टर्न युनियनमा बैंकहरुबाट नक्कली नोट आइरहेको छ, पैसा कति छ निकाल्नुस् भन्दै काउन्टरको रकम झिक्न लगाएका थिए। मनि ट्रान्सफरको दर्ता कागजात, प्यान नम्बर टिपेर उनले काउन्टरबाट निकालिएको रुपैयाँको गड्डीमाथि ट्रान्सफरको छाप लगाएका थिए।
प्रहरीका अनुसार सो रुपैयाँको फोटोसमेत खिचेर उनले आफूसँगै ल्याएको पत्रमा नोटहरुको संख्या र जम्मा रकम खुलाएर भर्पाइसमेत गराएका थिए।
१ लाख ८० हजार २ सय रुपैयाँ लिएर नोटहरु अख्तियारमा लगेर चेक गर्नुपर्छ भन्दै ती व्यक्तिले किशोर भट्टराईलाई सँगै ल्याए पनि पुरानो बानेश्वर पुगेपछि गाडीको जाम हटाउने बहानामा ट्याक्सीबाट ओर्लिएर उनी भागेका थिए।
रकम लुट्नेको पहिचान हुन सकेको छैन। प्रहरीले प्रहरी र अख्तियारको नक्कली प्रतिनिधि खोजीका लागि प्रत्यक्षदर्शीको भनाइका आधारमा स्केच सार्वजनिक गरेको छ।
प्रकाशित: २१ आश्विन २०७० २१:४५ सोमबार