अन्य

बुद्धिचालमा विक्रम विजेता

काठमाडौं – दोलखाको लामाबगरमा भइरहेको गाविसस्तरीय बुद्धिचाल प्रतियोगितामा गैरीमुदी गाविसका विक्रम श्रेष्ठ विजेता भएका छन्। लादुक गाविसका दिलकृष्ण मल्ल ठकुरी र काभ्रे गाविसका दीपक दाहाल दोस्रा र तेस्रा भएका छन्। प्रतियोगितामा विभिन्न गाविसका १४ खेलाडीले भाग लिएका थिए।

छ्यो रोल्पा पर्यावरणीय सामुदायिक पुस्तकालय एवम् खेलकुद विकास मञ्चले बुद्धिचालसहित भलिबल प्रतियोगिता आयोजना गरेका हुन्।
भलिबलतर्फ बिहीबारको खेलबाट लामिडाँडा, सुनखानी, स्यामा र सुन्द्रावती गाविस टोली सेमिफाइनल पुगेका छन्। 
भलिबलमा १३ गाविसका १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 

भलिबल विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्राले १० हजार र चौथोले ५ हजार तथा बुद्धिचालतर्फ पहिलो तीन स्थानका विजेताले क्रमशः १०, ७ र ५ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ।

प्रकाशित: १८ आश्विन २०७० ००:१४ शुक्रबार