स्याङजा — यहाँको पिढिखोला–६ का तीनजना बालक ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। पसलबाट सामान किनेर घर फर्कंदै गरेकी बालिकालाई धानबारीमा लगेर ती बालकले बलात्कार गरेको प्रहरीले जनाएका छन्।पक्राउ परेकाहरू ११, १३ र १४ वर्षका छन् । उनीहरूले बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ । ११ वर्षीय बालकले गत भदौ १९ गते पनि बलात्कार गरेको खुलेको छ । प्रहरी नायक उपरीक्षक आभूषण तिमल्सिनाले बालकहरूलाई बालमैत्री कक्षमा राखेर अनुसन्धान गरिरहेको जानकारी दिए ।
प्रकाशित: ८ आश्विन २०७० २१:३५ मंगलबार