स्याङजा- यहाँको पिढिखोला–६ का तीनजना बालक ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।पसलबाट सामान किनेर घर फर्कंदै गरेकी बालिकालाई धानबारीमा लगेर ती बालकले बलात्कार गरेको प्रहरीले जनाएका छन्।पक्राउ परेकाहरू ११, १३ र १४ वर्षका छन्। उनीहरूले बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ। ११ वर्षीय बालकले गत भदौ १९ गते पनि बलात्कार गरेको खुलेको छ। प्रहरी नायक उपरीक्षक आभूषण तिमल्सिनाले बालकहरूलाई बालमैत्री कक्षमा राखेर अनुसन्धान गरिरहेको जानकारी दिए।
प्रकाशित: ८ आश्विन २०७० ०८:२५ मंगलबार