अन्य

'कारबाही'मा दीपाको जवानी

वर्तमान नेपाली समाजका विकृति र विसंगतिविरुद्ध चेतना फैलाउने शन्देश भएको दाबी गरिएको एउटा नेपाली फिल्म बनेको छ 'कारबाही'। पुरानै मितिमा रिलिज भएको भए दर्शकले फिल्मको हैसियत हेरी आवश्यक कारबाही गरिसक्थे। तर, फिल्म मंसिर ८ बाट रिलिज डेट सरेर २९मा पुगेको छ। थ्रिलर एक्सनप्रधान फिल्म भनिएपनि प्रचारमा नायिका दीपा थापाको 'जवानी' प्रस्टै देखिने तस्विरको उपयोग गरिएको छ। उसो त 'सबै कुरा देखाइदिन्छु, पैसा तिरेपछि' भन्ने आइटम गीतबाट चर्चामा आएकी नायिका महिमा सिलवाल पनि केही न केही नदेखाउने त कुरै भएन। यी दुई नव नायिकाहरूको जवानीलाई प्रचार अस्त्र बनाइए पनि फिल्ममा राजेश हमाल, राज लामा, राजेन्द्र श्रेष्ठ, लोकेन्द्र सापकोटा, सुनिल थापा, सम्राट वस्नेत, मेरी लिम्वु, सुभाष गजुरेल लगायतले अभिनय गरेका छन्। फिल्मका निर्देशक भने किशोर राना हुन्।

प्रकाशित: २१ मंसिर २०६९ ०६:२८ बिहीबार