अन्य

साउने झरी

बालकविता

 यमुना पराजुली अधिकारी  

झमझम झमझम पानीले , कामै गर्न दिएन  

भन्नुहुन्छ हजुरबुवा छाना सबै चुहियो रे  

दिक्क मान्दै हजुरमुवा हेर्नुहुन्छ बाहिर  

घामै देख्न पाएन बिस्कुन सबै कुहियो रे  

मलाई भने साउनको झरी खूबै मन पर्छ  

तप्प  पानी  मकैको पातमाथी  चुहिन्छ  

सप्तरङ्गी इन्द्रेणी उस्तै राम्रो देख्छु म  

सातै वटा रंगको नयाँ कथा लेख्छु म  

पातमाथि चुहिएको थोपा थोपा हेरेर

नयाँ  चित्र  कोर्दछु इन्द्रेणी रंग फेरेर  

खेल्न भने पाइन्न चहुरसम्म गएर  

घरैभित्र खेल्ने हो दाजुबैनी भएर  

झरी पर्दा आमाले बनाएको तातो सुप  

कचौरामा लिएर पिउन मन लाग्छ खूप

निनी आउँछ अनि म आमासँग सोधेर  

सिरक खोजी ढुक्कैले सुत्छु अब ओढेर ।

प्रकाशित: ३१ असार २०७७ १०:४३ बुधबार

जूनकीरी