काठमाडौं, चैत ४ (नागरिक)- राज्य ढुकुटीबाट माओवादी अध्यक्ष पुत्र प्रकाश दालहाललाई सगरमाथा चढ्न २ करोड दिने सरकारी निर्णयको सर्वत्र विरोध भएको छ। नेता पुत्रलाई उटपट्याङ गर्न राज्य कोषको रकम खर्चेको भन्दै एमालेको युवासंघ प्रदर्शनमा उत्रिएको छ। २ करोड फिर्ताको माग गर्दै हिजो राजधानीमा एक घण्टा चक्काजाम गरेको युवासंघले दोलखामा सडक प्रदर्शन गरेको छ। हिजोको मन्त्रिपरिषद बैठकले माओवादी अध्यक्ष पुत्र प्रकाशको सगरमाथा आरोहण टोलीलाई २ करोड रुपैयाँ दिने निर्णय गरेको थियो।
दाहाल पुत्रलाई २ करोड दिने निर्णयलाई सोसल मिडियामा कसरी हेरिएको छ त ?