अन्य

अप्ठेरोबीच स्थानीय तहको सहजता

कोरोना भाइरस संक्रमणले मुलुक एक महिनादेखि बन्दाबन्दी (लकडाउन)मा छ। सर्वसाधारण नागरिक घरबाहिर निस्कन पाएका छैनन्। ग्रामीण क्षेत्रका बासिन्दाले सामान्य रूपमा कृषि कर्मका लागि खेतबारीसम्म पुग्न पाए पनि सामूहिक भेटघाट र गाउँमा घुमघाम गर्न पाएका छैनन्। घरभित्रै थुनिएकालाई मात्र होइन, घरको सेरोफेरोसम्म निस्कन पाएका नागरिकलाई पनि बन्दाबन्दीको सास्ती छ।

सबैभन्दा बढी मजदुर वर्गमा सकस परेको छ। त्यसबाहेक आउजाउ रोकिँदा गाउँमा रहेका दीर्घरोगी मर्कामा परेका छन्। त्यस्तै, किसानले उत्पादित तरकारी, अन्न, दूध, अन्डा, माछामासु बिक्री गर्न पाएका छैनन्। यही अप्ठेरामा विभिन्न जिल्लाका स्थानीय तहले सर्वसाधारण नागरिकले बेहोरोको जटिल समस्यालाई सहज बनाउने प्रयास थालेका छन्। 

प्रकाशित: ११ वैशाख २०७७ ०८:२२ बिहीबार

कोरोना_भाइरस संक्रमण लकडाउन