अन्य

उपराष्ट्रपतिका स्वकीय सचिव गिरफ्तार

सशस्त्र समूहसँग सम्बन्ध रहेको आरोप-
केपी ढुंगाना, काठमाडौँ, असोज १- उपराष्ट्रपति परमानन्द झाका स्वकीय सचिव राजेश झा 'अहिराज'लाई प्रहरीले आज गिरफ्तार गरेको छ। उनलाई तराईमा सशस्त्र संघर्ष चलाइरहेको भूमिगत संगठन राजन मुक्ति मोर्चासँग सम्बन्ध रहेको आरोप लगाइएको छ। राजेश मधेशवाणी पत्रिकाका सम्पादक हुन्। सो पत्रिकाको आज शुक्रबारको अङ्कमा राजन मुक्ति नामक भूमिगत सशस्त्र समूहको सैन्य भर्नासम्बन्धी विज्ञापन छापेकोले राज्यविरुद्ध अपराध गरेको अभियोगमा उनलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख रमेश खरेलले बताए।

प्रकाशित: १ आश्विन २०६७ १०:१६ शुक्रबार