अन्य

कांग्रेस कार्यकर्ताहरु खुलामञ्चतिर

काठमाडौँ, असोज १- नेपाली काँग्रेसको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा पार्टीको चारतारे झण्डा, व्यानर र जननायक बिपी कोइरालालगायत पार्टीका विभिन्न नेताको विचारलाई समेटेर लेखिएको प्लेकार्ड बाजागाजा र झाँकीसहितको जुलुस समारोहस्थल खुलामञ्चमा आउनेक्रम जारी रहेको छ।

उदघाटन कार्यक्रम दिउँसो २ बजे तय भएको छ। उदघाटनस्थलमा अहिलेदेखि नै पार्टी कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको  उपस्थिति रहेको छ।

पार्टीले उदघाटनस्थलसम्म आउने कुनै पनि झाँकी जुलुसका लागि औपचारिक मार्ग नतोके पनि स्वस्फुर्तरूपमा महानगरका टोलटोलबाट त्यस्तो झाँकीसहितका जुलुस आउनेक्रम जारी रहेको छ।

उदघाटन समारोहस्थल, सडकका दायाँवायाँ र चोकचोकमा नेपाली काँग्रेसका चारतार झण्डा फहराइएका छन्।

शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान नेपाली काँग्रेसको अभियान भन्ने नारा तथा नेताका तस्वीर र पार्टीको चुनाव चिन्ह रुख लेखिएको तुल, व्यानर तथा पोष्टर ठाउँठाउँमा टाँगिएका छन्।

दुई दिनदेखिको झरी रोकिएको र चर्को घाम नलागेकाले पनि महाधिवेशनको वातावरण र मौसम अनुकूल भएको छ। रासस

प्रकाशित: १ आश्विन २०६७ ०१:२१ शुक्रबार