अन्य

देशभर मनसुनी प्रभाव : यी प्रदेशमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही क्षेत्र र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव छ। देशको पश्चिमी क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ र बाँकी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।

कोशी, मधेस, बागमती प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी र हिमाली क्षेत्रका केही ठाउँ र बाँकी उच्चपहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्छ।

महाशाखाका अनुसार आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।

कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी र हिमाली क्षेत्रका केही ठाउँ र बाँकी उच्चपहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

प्रकाशित: २ असार २०८२ ०६:३४ सोमबार

#NagarikNews #NepaliNews