अन्य

थुलुङ दुधकोशीको झण्डा सगरमाथामा फहरियो

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ।

सोही गाउँपालिका वडा नं. ९ सफर्मा लोखिमका दाजाङ्बु शेर्पाले गत मे १९ अर्थात् जेठ ५ गते गाउँपालिकाको झण्डा सगरमाथाको शिखरमा फहराएका हुन्।  

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार मे १९ का दिन बिहान ८:३५ बजेको समयमा शेर्पाले गाउँपालिकाको झण्डासहित सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेका हुन्।

गाउँपालिका अध्यक्ष असिम राईले अरोही शेर्पालाई धन्यवाद दिँदै स्थानीय सरकारको तर्फबाट सम्मान गरिने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: ८ जेष्ठ २०८२ १७:१५ बिहीबार

#ashimrai #NagarikNews #thulung dudhkoshi