अन्य

स्थानीय तहको संख्या बढाउन जिल्ला सभापतिको सुझाव

काठमाडौं–नेपाली कांग्रेसका जिल्ला सभापतिले  राज्य पुर्नसंरचना आयोगले ५६५ गाउँपालिका बनाउने गरी गरिएको प्रस्ताव अवैज्ञानिक र अव्यवहारिक भएको   भन्दै त्यसलाई सच्याउनुपर्ने सुझाव दिएका छन्।

आइतबारदेखि राजधानीमा सुरु भएको नेपाली कांग्रेस जिल्ला सभापतिको  भेलामा अधिकांश जिल्ला सभापतिहरुले पुर्नसंरचना आयोगले ५६५ गाउँपालिका बनाउने गरी गरेको प्रस्ताव अवैज्ञानिक र अव्यवहारिक रहेको भन्दै त्यसलाई सच्याउन सुझाव दिएका हुन्। उनीहरुले जनसंख्या र भूगोललाई आधार बनाएर पुर्नसंरचना गर्न सुझाव दिएको कांग्रेस काँस्की सभापति कृष्ण केसीले जानकारी दिए।

जिल्ला सभापतिहरुले अहिलेकै जिविस इकालकालाई गाउँ पालिका बनाउनुपर्ने बताएका थिए। जिविस इलाकाको संख्या ९ सय २७ छ।  जिल्ला सभापतिहरुले आयोगले प्रस्ताव गरेको स्थानीय तह बनाउँदा आम जनताले सरकारी सेवा सुविधा पाउन अहिलेभन्दा बढी सास्ती झेल्नुपर्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

  जिल्ला सभापतिको भनाइ सुनिसकेपछि पार्टी सभापति शेरबहादुर देउवाले  उनीहरुको सुझावलाई भोली बस्ने संसदीय दलको बैठक र केहीदिनपछि बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गरेर आफ्नो धारणा बनाउने बताएका थिए।

 

प्रकाशित: ६ भाद्र २०७३ १०:३० सोमबार

स्थानीय तहको संख्या बढाउन जिल्ला सभापतिको