उनको यो भनाइ हामी सबैले अनुभूत गरेकै कुरा हो। मैले सही थापेँ।
आफ्नो कुरालाई अझ मूर्तरूपमा व्याख्या गर्दै उनले भने– 'पाक चुङ् ही, ली क्वान यु, तङ स्याओ फिङजस्ता मानिसका बारे कुरा गर्दा उनीहरूका सकारात्मक–नकारात्मक कुरा धेरै गर्न सकौँला, तर आर्थिकरूपमा देशलाई उठाएका त तिनले नै हुन् नि! अहिलेको स्थितिमा आफ्ना देशलाई पुर्याेएका त उनीहरूले नै हुन् नि!'
निश्चित सीमानिर्धारणसहित आएको यो कुरामा पनि मैले असहमति जनाउनुपर्ने अवस्था पाइनँ, सही नै थापेँ।
उनी भन्दै गए– 'हाम्रो देशमा राजनीतिक संघर्षको अवधि अब समाप्त भयो। अब त आर्थिक समृद्धिका निम्ति काम गर्ने बेला हो। उद्योग–व्यवसाय फस्टायो भने त्यसैले क्रमशः सामाजिक न्यायलाई पनि निम्त्याउने काम गर्छ। त्यसैले निजी, सहकारी वा राज्यको जसको स्वामित्वमा भए पनि उद्योग–व्यवसायको विकास हुनुपर्योर।'
फेरि पनि सही थाप्दै, अलिकति जान्ने टोपलिएर मैले भनेँ– 'हो। तपाईंले भन्न खोज्नु भएको समृद्धि सामाजिक र वातावरणीय न्यायसहितको होला नि, हैन!'
अचेल आर्थिक समृद्धिको महत्वका बारेमा कुरा नगर्ने 'ठूला' मानिस विरलै भेटिएलान्। ताजा, भर्खरै उद्घाटित नयाँ सत्यका रूपमा यस्ता अभिव्यक्ति दिनेहरूमा भने सम्भवतः पूर्वक्रान्तिकारी योद्धाहरू र वामपन्थीका रूपमा चिनिएका व्यक्ति नै धेरै हुने गर्छन्। त्यो पनि राम्रै कुरा हो। अब सामाजिक न्यायसहितको सम्पन्नता नै देशलाई एउटा आधुनिक राष्ट्रको रूपमा बाँधिराख्ने सूत्र हो र भाषिक, सांस्कृतिक, भौगोलिक विविधता भने त्यो सूत्रलाई अझ बलियो र सुन्दर पार्ने तŒव हुन् भन्ने कुरामा सहमत हुने पनि अचेल धेरै नै भेटिन्छन्। भलै उनीहरूका व्यवहारमा 'सामाजिक न्याय' र 'राष्ट्र र जनता'को समृद्धि कसरी अनुदित हुने गर्छ, त्यो भिन्दै कुरा हो।
जब देशका महरूवपूर्ण ठूला पार्टीहरूका 'ठूलै' नेता पनि आफ्नो पार्टी वा देशका सर्वोच्च नेतृत्वका सन्दर्भमा 'हुनुपर्नेजस्तो नेता पाएनौँ' भनी टिप्पणी गर्छन्, त्यस्तोबेला भने स्वाभाविकरूपमा एउटा साधारण प्रश्न मनमा आउँछ– त्यस्तो नेता बन्न नसक्नुको कारणचाहिँ के त? के गर्योन भने देशले त्यस्ता नेता पाउँछ?
सामान्य नागरिकका आँखाले हेर्दा सहजरूपमा देखिने उत्तर हो– कि त्यस्ता नेता खोज्न सक्नुपर्यो , कि आफै त्यो सर्वोच्च स्थानमा पुगेर गर्नुपर्ने कुरा गर्न सक्नुपर्योो, कि भने त्यस्तो नेतृत्व निर्माण गर्न एउटा गुरु, द्रष्टा, अभिभावकको भूमिका निर्वाह गर्न सक्नुपर्यो्। यी तीन उपायभन्दा अर्को कुनै चौथो उपाय देखिँदैन!
जब विभिन्न ठूला पार्टीका नेताहरू आफै नै 'देशलाई अघि बढाउने कुरा मूलतः प्रमुख नेतामा निहित हुन्छ' भनिरहेका हुन्छन्, उनीहरूको मनमा के खेलिरहेको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। 'त्यो ठाउँमा त म हुनुपर्ने' भन्ने कुरा उच्चारण गरिरहनै पर्दैन।
ठीक छ, 'म भएको भए यसो गर्ने थिएँ, उसो गर्ने थिएँ' जस्तो लाग्छ भने त्यो 'हुनुपर्ने ठाउँ'मा पुग्ने प्रयत्न गर। गनगन गरिरहनुको कुनै तुक छैन। आखिर सत्ता राजनीतिका पूर्णकालीन खेलाडी भएकै छौ, आफ्नो 'स्पेस' बनाऊ, समर्थन जुटाऊ, सबै तिकडमबाजी जानेकै छौ! कोसित किन गनगन गर्ने? हैन, आफू त्यहाँ पुग्ने सम्भावना छैनजस्तो लाग्छ भने सम्भावना भएका अरूलाई खोज, सहयोग गर। महान् नेता हुन सक्ने सम्भावना भएका कोही कतै लुकेर बसेका रहेछन् भने तिनलाई बाहिर उज्यालोमा ल्याऊ। त्यो पनि सकिँदैन भने नयाँ नेतृत्व निर्माण गर्नपट्टि लाग। सकेसम्म आफूभन्दा पछिल्लो पुस्ताका असल मानिसलाई सहयोग गरेर आफ्ना सकारात्मक–नकारात्मक सबैखाले अनुभवबाट समेत उनीहरूलाई समृद्ध बनाएर नेता बनाउने काममा जुट। यसरी जो लाग्नसक्छ, ऊ स्वतः गुरुका रूपमा स्थापित हुन्छ। र, जुन उद्देश्यका निम्ति आफै नेता बन्नुपर्ने थियो, त्यो उद्देश्य प्राप्ति झन् सहज पनि हुन पुग्छ। अर्थात् असली नेता त यथार्थमा ऊ नै हुन पुग्छ।
तर, नेतृत्वको पुस्तान्तरण यसरी भनेजस्तो सहज हुँदो रहेनछ। यो हामीले देखिरहेकै छौँ। नेतृत्वको पुस्तान्तरणको आवश्यकता स्वीकार्नु नै धेरैका निम्ति अत्यन्त पीडादायी हुँदोरहेछ। यो आत्मस्वीकृति त आफू बूढो हुनुसँग जोडिएको हुँदोरहेछ। र, बूढो भएको स्वीकार्नुको अर्थ हो– 'आजसम्म आफूले जे भूमिका निर्वाह गरिरहेको थिएँ, अब त्यो त्यति सहज भएन, सम्भव भएन' भनी स्वीकार्नु, 'मभित्रको ऊर्जा कम भयो' भनेर स्वीकार्नु।
राष्ट्रको होस्, पार्टीको होस्, संस्थाको होस्, कुनै कम्पनीको होस्, परिवारको होस् वा कुनै समूहकै होस्– नेतृत्व छोड्नु भनेको शक्ति र स्थान छोड्नु भन्ने अर्थमा लिइन्छ। तर, नेतृत्वमा रहनुको अर्थ शक्तिमा रहनुमात्र हैन। शक्ति त नेतृत्वका निम्ति साधनमात्र हो। नेतृत्वमा रहनु भनेको द्रष्टा हुनु हो, गुरु हुनु हो, अभिभावक हुनु हो, सारथी हुनु हो, पथप्रदर्शक हुनु हो। यी सबै भूमिका निर्वाह गर्नका लागि शक्तिले, अधिकारले र केही सुविधाले सहयोग गर्ने भएका कारण नेतालाई यी सबै कुरा दिइने हुन्। तर, हामीकहाँ देखिएका अधिकांश नेताका निम्ति आफूले निर्वाह गर्नुपर्ने भूमिका गौण र प्राप्त अधिकार तथा सुविधा भने प्रमुख बन्ने गर्छ। त्यो 'उच्च' स्थान सुरक्षित गर्न, त्यो सुविधा आफ्नो हातबाट उम्किन नदिन उनीहरू सबथोक गर्छन्। यी अधिकार र सुविधा गुम्नेबित्तिकै आफ्नो सबथोक गुम्छ भनेर भयग्रस्त हुन्छन् यी। सधैँसधैँ असुरक्षाबोधका सिकार हुन्छन्। परिणाम हुन्छ– जुन पार्टीमा पनि सेतै दाह्री फुलेका वा जर्जर शरीर भएका अथवा दीर्घ रोगी, अक्षम वा मनोग्रन्थीग्रस्त तन वा मनका वृद्ध नै कुर्सीमा देखिइरहन्छन्। तिनका वरिपरिका मानिस तिनकै चाकरी गरिरहन्छन् र अलि बाहिरी घेरामा बस्नेहरू तिनलाई सरापिरहन्छन्। 'म भएको भए यसो गर्थें– उसो गर्थें' भनेर चिच्याइरहन्छन्।
देशका अधिकांश पार्टीले कुनै न कुनैरूपमा हाम्रो लोकतन्त्रयात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। साँच्चैको नेतृत्वक्षमता भनेको आफूभन्दा अब्बल नेताहरू सृजना गर्नु हो भन्ने कुरा बुझ्ने हो भने हरेक पार्टीमा त्यस्तो अभिभावकत्व दिन सक्ने पाका विद्वान र सक्षम व्यक्ति नभएका हैनन्। तर, विवेकका धनी मानिस भने कम भएका कारण व्यावहारिकताका नाममा व्यवहारवाद, व्यवहारवादका नाममा उपयोगितावाद र उपयोगिताका नाममा आत्मकेन्द्रवादको अभ्यासमा रत भएकै कारण कुनै पनि पार्टीमा युगसापेक्ष नेतृत्व जन्मिन सकेको छैन। यसैले गर्दा पार्टीहरू जति सबै सत्ताप्राप्तिको खेलमा भिडिरहेका क्लबजस्ता हुन पुगेका छन्– फुटबल खेलाडीहरूमा हुनेजत्तिको संस्कार, अभ्यास र अनुशीलनसमेत तिनमा देखिँदैन।
पुराना र ठूला पार्टीहरूका निम्ति छोटो बाटो छैन। अझै पनि इतिहासमा साँच्चै महत्वपूर्ण सकारात्मक भूमिका खेल्ने हो भने युगअनुसारको नयाँ संस्कृति, नयाँ व्यवस्थापन शैली, नयाँ नेतृत्व शैलीको विकास हुने गरी पार्टीभित्र अनुशीलनको निरन्तरता सुरु गर्नुपर्योट। हैन भने आफूले अभ्यास गरिरहेको थोत्रो परम्परागत राजनीतिलाई नयाँ पुस्ताका जनताको सृजनशील नयाँ राजनीतिले विस्थापित गर्छ भनी मानसिकरूपले तयार रहनुपर्यो्।
युगको चुनौती स्वीकार्न सकून्, ठूला पार्टीका स्थापित नेतालाई शुभकामना!
प्रकाशित: ६ फाल्गुन २०७२ २१:५५ बिहीबार