खेर गइरहेको अथाह पानी छ
बा“ध बा“धेर खसाउन पाए
घर उज्यालो हुन्थ्यो
खेतबारी हराभरा हुन्थ्यो
खोतल्नै नसकेको खानी छ
हीरा मोती खन्न पाए हुन्थ्यो।
–कवयित्री नम्रता गुरागाईँ (मन भए तिमीस“ग)
लागेको थियो– डा. गोविन्द केसीले एउटा व्यक्तिको राजीनामाको मागलाई अड्डी कसेर आफ्नो शरीरलाई दुःख दिने भए।
निजीरूपमा व्यक्तिले आफ्नो शरीरलाई के कसरी सुख वा दुःख दिन्छन्, त्यसको हेक्का समाज वा कानुनले राख्न नसक्ला तर जसरी अरुको ज्यानलाई दुःख दिन कानुनतः बन्देज छ, त्यसरी नै सार्वजनिकरूपमै आफ्नो शरीरलाई दुःख दिन पनि कानुनतः पाइँदैन। त्यही मान्यताका आधारमा डा. केसीको अनसन पनि सार्वजनिकरूपमा कानुन उल्लंघनको खुला चुनौती सावित भयो तर आफ्नै ज्यानलाई दुःख सास्ती दिएर सुरु गरिएको यस चुनौतीका पछाडि अन्य अदृश्य कारण त्यति धेरै रहेछन् कि ‘लातको भूत बातदेखि किन डराउँदैन' भनेझैँ भयो। परिणामतः डा.केसीका अतिरिक्त अन्य व्यक्ति समूहसमेतको सहभागिता समर्थन बढ्दै जाँदा त्यसको परिणाम अरु धेरैले केही थप दुःख पनि सामना गर्नुपरेको हुन सक्छ। तर आफ्नो ज्यानको बाजी राखेर समाजका अरुको स्वार्थ र स्वास्थ्यका लागि डा. केसीले अनशन नबसेको भए के हुन्थ्यो त?
समुन्नत समाज निर्माणका लागि कोही कसैले एक्लैले मात्र चाहेर पनि हुन्न। यसका लागि धेरैको सतत प्रयास, त्याग र बलिदान खाँचो छ– डा. केसीकै जस्तो। तर डा. केसीकै जस्तो त्याग गर्न तपाईँ हामी कोही तयार छौं वा हामी कोही किन तयार छैनौं? हामी अरुले गरिदेओस् सबै त्याग भनेर बसिरहेका छौं। जनबोलीमा भनिन्छ– बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने? मेघराज रसाइलीले यसरी तोकेरै लेख्नुभयो हामीलाई– ‘अर्को बुध्द पनि चाहिएको छ हामीलाई। अर्को मदर टेरेसा वा अर्को गान्धी पनि चाहिएको छ हामीलाई नै।' बाँकी हामी कोही केही कामै नलाग्ने भएरै न हो हामीलाई अरु पनि धेरै चाहिएको। बुध्द को हुन् वा मदर टेरेसा को हुन् वा तिनले गरे के भन्ने थाहा छ भने किन हामी आफैँ तिनले जस्तो त्याग गर्न वा तिनको जस्तो भूमिका निर्वाह गर्न सक्दैनौं। जुन समयमा तिनले जति गर्न सक्थे त्यति गरेर गए। अब बाँकी गर्नुपर्ने त हामीले नै होइन र? तर ती को हुन् र के गरे थाहा छैन भने किन चाहियो तिनै व्यक्तिहरु फरि फेरि पनि? जो छैनन् ती चाहिन्छ हामीलाई, जो छन् वा जो छौं हामी ती कोही किन कामै नलाग्ने भयौं यसरी?
मानिस दुई किसिमले त्याग गर्न तयार छन्। एक आफ्नै विवेक ब्रह्मले र अर्को अरुको प्रेरणा वा समर्थन वा संरक्षणले। आफ्नै ब्रह्मले त्याग गर्नेहरुको पंक्तिमा डा. केसी जस्ता ज्यानको पर्वाह नगरेर सामाजिक सेवामा होमिरहनेको गणना गर्नुपर्छ भने अरुको प्रेरणाबाट उत्साहित भएर त्याग गर्नेहरुलाई भने तिनको बा“की जीवनको पनि मोह हुन्छ। घर परिवार वा भविष्यको सुरक्षाको चिन्ता हुन्छ। तसर्थ दोस्रो नम्बरका त्यागीलाई लागि समाजले र राज्यको कानुनले प्रेरित गर्नुपर्छ र तिनको बा“की जीवन संरक्षण प्रत्याभूति दिलाउन पनि सक्नुपर्छ। वाचन प्रवीण दीनबन्धु पोखरेल सामाजिक सेवा वा जागरणका लागि मानिसलाई उत्साहित गर्ने एक सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहन्छ। स्वदेश वा विदेशका नेपालीलाई समेत प्रोत्साहनका लागि सक्रिय पोखरेलका व्यक्तिगत जीवनका पाटाहरुका सम्बन्धमा विवाद हुन सक्छ तर उनको मानिसभित्र रहेको सुषुप्त चेतनालाई सामाजिक सेवामा प्रस्फुटित गराउनमा ठूलो भूमिका छ।

मलाई मेरा मनले सोचेर सामाजिक सेवामा फुटी कौडी दिँदा नि दाँतबाट पसिना नै निस्कन्छ तर पं. दीनबन्धु पोखरेलको प्रेरणाबाट आफ्नै गरगहना खोल्नु, खल्ती नै रित्याउनु वा घरबारी पनि भन्दैनन् कोही भने त्यो समर्पणको २५ प्रतिशत नै पनि लक्षित घोषित मार्गलाई प्रयोग गर्न सक्नु ठूलो उपलब्धि हो। पोखरेल केही साल पहिले अमेरिकी नेपालीहरुको सामाजिक जागरणका लागि आउनुभएको थियो। त्यस क्रममा अमेरिकावासी नेपालीले सामाजिक सेवाका लागि कबोल गरेको सबा लाख डलरभन्दा माथिको रकम अहिलेसम्म आधामात्र पनि सम्बन्धित संस्थाले प्राप्त गरेका छैनन्। सार्वजनिक हितका लागि स्वेच्छाले सार्वजनिक कबोल गरेको बाँकी रकम प्राप्त गर्ने जिम्मा त सम्बन्धित संस्थाको भूमिका र अवस्थाले पनि निर्धारण गर्न सक्छ।
एक जनाको विचार र व्यवहारले मात्र सबै कुरा सम्पन्न हुन सक्छ भन्ने भ्रम लिन पनि हुन्न तर हरेक एक जनाले कुनै पनि प्रकारको खराब काम एउटा पनि नगर्ने हो भने वा एउटा नि असल काम गर्न नसके पनि एउटा मात्र असल विचार लिने हो भने पनि हाम्रो वर्तमानको तुवाँलो सफा हुने भने पक्कै थियो। यसरी बुझौं– असल काम गर्न सकिएन भने पनि खराब गरेनौं भने त्यो असल काम हो।
आफ्नो देशभित्रको गरिबी र विभिन्न विभेदको चपेटाको सिकार हुँदै भारत, अरब, इराकको बाटो भएर अमेरिका आइपुग्नु भएका एकजना भुक्तभोगी नेपाली साथी हुनुहुन्छ धनीराम तामाङ। जन्म जिल्ला धादिङको हावा चितवनको पानीको प्रेरणा बोकेर हिँड्नु हुने धनीरामजीले एक दिन सुनाउनुभयो– म मपछिका सन्तानको भविष्यका लागि यो भुक्तमान भोगिरहेको छु। धनीरामजीको अर्को कथन थियो– देश बाहिर गएका नेपालीले पैसा कमाउन पनि सक्ला वा नसक्ला तर हरेकले आफ्नो कमाइमात्र देशमा पठाउने हो भने अहिले नै ठूलो रकम नेपाल भित्रिनेछ। के त्यसो हुन सकेको छ?

दैनिक करिब एक हजार नेपालीले देश छोड्छन् भन्ने अनुमानलाई सही नमाने पनि दिनहुँ ३ सय ५० जना नेपाली देशबाहिर जान्छन्। वार्षिक कम्तीमा पनि एक सवा लाख नेपालीले पक्कै सिमाना काट्छन्। धेरैले नै अनुमान गरेको ६० लाख नेपाली देशबाहिर छन् रे। यो रेको आधा अर्थात् ३० लाख नेपाली त देशबाहिर पक्कै छन्। हरेक नेपालीले देशको सिमाना काट्दा वा त्रिभुवन विमानस्थलबाट उड्दा एक जनाले एक सय नेपाली रुपियाँ गोजीमा राखेकै हुन्छ। त्यसरी हिसाब गर्दा हरेक वर्ष एक सवा करोड नेपाली रुपियाँ देशबाहिर गएर हराइरहेको छ। त्योभन्दा ठूलो अर्को रकम देश बाहिर बसेका ३० लाख बराबर नेपालीले ३० करोडभन्दा धेरै नेपाली रकम कि त हराइसकेका छन् कि त थन्किएको छ तिनका गोजीमा। त्यो रकम देशमै छाडेको भए वा आजै तुरुन्तै पठाइदिए धनीरामजीले प्रकट गर्नुभएको यो चिन्ताको के कुनै अर्थ छ? छ भने बाँकी काम तपाईँ–हाम्रो जिम्मामा। देशबाहिर बसेर देशको रक्षाको चिन्ता गर्नेको जिम्मामा।
प्रकाशित: ३ फाल्गुन २०७० २१:०५ शनिबार