यद्यदाचरतिश्रेष्ठस्ततत्तदेवेतरो जनः
स यत्प्रमाणं कुरूते लोकस्तदनुवर्तते।
– भागवत् गीता, तेस्रो अध्याय, श्लोक २१
यो श्लोकको भावार्थ हो– श्रेष्ठ नेतृत्वले जस्तो आचरण देखाउँछ त्यस्तो आचरणको अरू मानिसले पनि अनुशरण गर्दछन्। यदि एक नेता सही मार्गमा हिँड्छ भने समाज पनि सकारात्मक मार्गमा अघि बढ्छ।
अरूलाई पे्ररित गर्न सक्ने, सही दिशा मार्गनिर्देश गर्ने र समयानुकूल सही निर्णयहरू गर्न सक्ने विशेष किसिमको क्षमतालाई नेतृत्व भनिन्छ। नेतृत्वमा रहनेहरू सधैँ इमानदार र पे्ररणादायक बन्नुपर्छ। अरूप्रति उच्च सहानुभूति राख्न सक्ने, परिआएका समस्याहरूलाई तत्काल समाधान गर्न सक्ने र आफ्नो टिमलाई सधैँ एकताबद्ध गर्न सक्ने नेतृत्व नै असल नेतृत्वका गुण हुन्। समाज र राष्ट्रले माथि भनिए जस्तै नेतृत्व पाइरहेको छ त ? यो आजको एउटा गम्भीर र विचारणीय प्रश्न बनेको छ।
मानौँ एउटा अवस्थाको कल्पना गरौँं, एउटा युवा व्यवसायी नेतृत्व हातमा कफी कप लिएर केही गरौँ भन्ने जोस र हुटहुटीका साथ आफ्नो टोलीसँग प्रविधि, मनोरञ्जन र र साजसज्जा (टेक्नोलोजी, इन्टरटेन्मेन्ट र डिजाइन)बारे छलफल गर्दैछ तर उनीहरूमा काम गर्ने जतिसुकै धेरै उत्साह र उत्पे्ररणा होस् कम्पनीले उनीहरूमाथि स्पष्ट दिशा र गन्तव्य देखाउन असमर्थ कम्पासबिनाको जहाज जस्तै बेवास्ता गर्छ।
त्यस्तै त्यहाँ अर्को नेतृत्व हुन्छ जसले सामूहिक छलफल र विमर्शमा होइन, मेहनतको परिणाम राम्रो हुन्छ भनेर ठुला ठूला महत्त्वाकांक्षी सपनाले भरिएका साना साना टुक्रे कागजमा लेखिने स्टिकी नोटले भरिएका टेबलहरूमा विश्वास गर्छ। यस्तो नेतृत्व पावरपोइन्टमा निर्भर रहन्छ र यी कुरा स·ठनका लागि फाइदाजनक छैनन् भन्ने कुरामा जानकार हुँदैन। तर पनि नेतृत्वले यी दृश्यात्मक अभिलेखहरू कसैमा उत्साह र प्रेरणा उत्पन्न गर्नेछन् भन्ने आशा गरेका हुन्छन्। जे होस्, यी दुई थरी नेतृत्वकै साझा सङ्घर्ष र चुनौती भनेको राम्रो उद्देश्यका साथ काम गरी त्यसलाई प्रभावकारीरूपमा सम्पन्न गर्नु हो तर यहाँ राम्रो उद्देश्य र त्यसको प्रभावकारी कार्यान्वयनका बीचमा गहिरो खाडल देखापरेको पाइन्छ।
यसै सन्दर्भमा हेर्दा एकातिर सङ्घर्ष गर्ने नेतृत्व छ भने अर्कोतिर सङ्घर्षबिना स्थापित नेतृत्व रहेको देखिन्छ। नेपालको कर्पोरेट क्षेत्रमा गई नियाल्ने हो भने पनि यसको जवाफ भेट्टाउन सकिन्छ। औद्योगिक क्षेत्रलाई नेतृत्व गर्ने धेरैजसो व्यापारिक घरानाहरूले पुर्खाको नासोका रूपमा परम्परागत सल्लाहलाई शिरोधार्य गर्दै अगाडि बढेको पाइन्छ। उनीहरू आफ्ना अग्रजहरूको अनुभवलाई मार्गदर्शन गरी पुरानै बल र बुद्धिका भरमा समकालीन चुनौती र अप्ठ्याराहरूसँग जुधेर नेतृत्व शैलीलाई पूर्ण आकार प्रदान गर्न लागिपरेका हुन्छन्।
यस्तै अर्कातिर शैक्षिक प्रमाणपत्र र प्रशोधित सिद्धान्त र विचारको भारी बोकेर नेतृत्वमा आउन प्रयासरत हुन्छन्। यस्ता वर्गमा अहिलेका डिग्रीधारी युवाहरू पर्छन्। उनीहरू वास्तविक संसार र बहस गरिने हलहरूका बीचमा कति ठूलो भिन्नता र खाडल हुन्छ भन्ने कुरामा कहिलेकाहीँ आफैँ झुक्किन पुगेका हुन्छन्। उनीहरूको यात्रा यस्तै परीक्षण र त्रुटि हुँदै अगाडि बढिरहेको हुन्छ। सिद्धान्तमा भनिएका कुरा र ती कुरालाई व्यवहारमा उतार्दाका बीचमा देखिने खाडललाई सम्बोधन गर्ने कुरामा पनि उनीहरूमा व्यापक अलमल हुने गर्छ।
सन्दर्भबाट टाढा
वास्तवमा पढेर जानिने कुरा र परेर जानिने कुरामा फरक पर्न सक्छ। जस्तै, गणित विषयमा पिएचडी गरी किताबी ज्ञान र आत्मविश्वासले भरिएको छोरो घर फर्कन्छ। उसले टेबलमा दुई वटा स्याउ देख्छ। मानौँ, गणितका कुनै सूत्रले दुईलाई तीन पनि बनाउन सक्ला। त्यसैअनुसार उसले टेबलमा तीनवटा स्याउ छन् भन्ने अवधारणा बनाउँछ र बुबा आमासँग तीनवटा स्याउ छन् भनेर जोड गर्छ। छोराको निराशा र अर्थहीन तर्कपछि बुबा आमाले एकएक वटा स्याउ आफुले उठाउँछन् र तेस्रो स्याउ उठाऊ भनी छोरालाई आग्रह गर्छन् तर टेबलमा छोराले उठाउने स्याउ हुँदैन।
यसबाट के छर्ल· हुन्छ भने विचार र सिद्धान्तहरू मूल्यवान् हुँदाहुँदै पनि वास्तविक जीवनमा ती कुरा स·तिपूर्ण नहुन पनि सक्दा रहेछन्। डिग्री र सैद्धान्तिक ज्ञानको उचाइमा धेरै युवाले आफूसँग संसारका सबै प्रश्नहरूको जवाफ छ जस्तो गर्छन् तर उनीहरूमा परिस्थितिको वास्तविकतालाई बुझ्ने आधारभूत रणनीतिहरूको अभाव रहेको देखिन्छ। वास्तविक संसारले त जहिले पनि पाठ्यपुस्तकभन्दा बाहिर जानुपर्छ भन्ने सन्दर्भको बुझाइ माग गरेको हुन्छ। कार्यस्थल भनेको कुनै सैद्धान्तिक स्यान्डबक्स अर्थात् परीक्षण गर्ने सुरक्षित ठाउँ होइन। यसका लागि नेतृत्वमा जान चाहनेले वातावरणको विशिष्ट परिस्थितिसँग मेल खाने रणनीतिहरू तयार गर्न सक्नुपर्छ।
सन् २०१६ को ‘जर्नल अफ पोलिटिक्स’मा प्रकाशित अध्ययनले पनि शिक्षित युवा नेतृत्वले पनि कहिलेकाहीँ भने निकै खराब प्रदर्शन गर्छन् भन्ने औल्याएको थियो। यसले के देखाउँछ भने सैद्धान्तिक ज्ञानलाई वातावरणीय सापेक्षतामा प्रभावकारी कार्यान्वयन गरिएन भने यो बेकार बन्न पुग्छ। त्यसैले नेतृत्वको सफलता परिस्थितिजन्य अनुकूलतामा निर्भर रहन्छ भन्ने यो अध्ययनको स्पष्ट सन्देश हो र साथसाथै यस अध्ययनले सांस्कृतिक र परिस्थितिजन्य सन्दर्भमा आधारित भई आफ्ना कार्यनीतिहरू कार्यान्वयन गर्ने नेतृत्व पाठ्यपुस्तक रणनीतिलाई दृढतापूर्वक पालना गर्नेहरू भन्दा स·ठनात्मक लक्ष्य प्राप्त गर्न बढी सफल हुने गर्छन्।
सम्बन्धबाहिरका रणनीति अर्थहीन
मानव र समाजबिचका सम्बन्धहरूलाई जोड्न सक्ने रणनीतिले साझा र सशक्त नेतृत्व निर्माण गरेको हुन्छ। मानव सम्बन्ध भनेको मेट्रिक्स जस्तो हिसाब होइन। कल्पना गरौँ, कुनै नेताले आफ्नो महत्त्वाकांक्षी लक्ष्य र योजना पूरा गर्न यति धेरै उपभोग गरेका हुन्छन् कि उनीहरूले आफूलाई सहयोग पुर्याउने मान्छेलाई पनि बिर्सेका हुन्छन्। आफूलाई पनि मेसिन जस्तै र गति प्रदान गर्ने मेसिनका दाँतीका रूपमा लिनु उनीहरूको मान्यता हो। वास्तवमा यो मान्यता मानव सम्बन्धको पासो जस्तै हो।
नेतृत्व भनेको चेसका गोटी चलाउनु मात्र होइन। चेसका गोटीबिच पनि भावना, आकांक्षा र सम्बन्धहरू हुन्छन्। यो सम्बन्ध मानिसहरूबिच पनि हुने गर्छ भन्ने बुझ्नु हो। विश्वास र आपसी समन्वयबाट नै सन्तुष्टि र प्रभावकारिता वृद्धि हुन्छ भन्ने कुरा अस्टे«लियन ‘जर्नल अफ बेसिक एन्ड एप्लाइड साइन्सेस्’का अध्ययनहरूले पनि देखाएका छन्। सत्य नाडेला, माइक्रोसफ्टका सिइओ यसका उदाहरण हुन्। नाडेलाले आफ्नो अन्वेषणमा मात्र जोड दिएनन्, उनले समानुभूति, विश्वास र खुला सञ्चारमा समेत ध्यान दिएर माइक्रोसफ्टको संस्कृतिलाई परिवर्तन गरे। उनको नेतृत्वले कम्पनीको पुनरुत्थानको नेतृत्व गर्न पनि सफल भएको थियो।
यी तथ्यहरूबाट पाइने शिक्षा के हो भने नेतृत्व भनेको चार्ट र लक्ष्यहरू सन्तुलनमा राख्ने काम मात्र होइन, यो त आपसी सहयोग, साझा उद्देश्य र समानुभूतिको मीठो अभ्यास पनि हो।
शब्दजालबाट पर
नेतृत्व भनेको रेसमी धागोले भरेको बुट्टा होइन। यो कुरा हामी सबैले कतिपय ठाउँ र अवस्थामा देखेका, भोगेका छौँ। कतिपय नेतृत्व भुनभुन गरिरहन्छन्, चिप्ला र बेसारे शब्दहरू छरिरहन्छन्। सुरुमा त यो प्रभावशाली लाग्न सक्छ तर भनिन्छ नि, रोटी मीठा चिल्ला, कुरा मीठा खस्रा। साँच्चै नै यस्ता चिप्ला कुरा गर्ने नेतृत्व छिटै नै असफल हुन्छन्। किनभने शब्दजालको अनावश्यक प्रयोगले नेतृत्वकर्ताको समूहका सदस्यहरूलाई एकापसमा अलग बनाइदिन सक्ने, भ्रम सिर्जना गर्न सक्ने र प्रगतिलाई रोक्न सक्ने सम्भावना बढी हुन्छ। त्यसैले नेतृत्वमा रहनेले सबैलाई जोड्ने किसिमले शब्द विन्यासमा ध्यान दिनु नितान्त आवश्यक हुन्छ। भााषिक अभिव्यक्तिको प्रयोगका सन्दर्भमा पहिल्यै पत्ता लागेका र व्यवहारमा प्रभावकारी भइसकेका कुराहरूमा ध्यान पुर्याउन सकियो भने मात्र नेतृत्वले सफलताको भ¥याङ उक्लन सक्छ।
यस विषयमा ‘अमेरिकन जर्नल अफ इन्डस्ट्रियल एन्ड बिजनेस म्यानेजमेन्ट’मा सन् २०१४ मा गरिएको अध्ययनले पनि कसरी कमजोर शब्दजालले कर्मचारी र समूहका सदस्यलाई दिग्भ्रमित गर्न सक्छ, व्यक्तिको मनोबल, उत्पादन क्षमता र स·ठनात्मक सफलतामा कस्तो नकारात्मक असर पार्छ तथा सञ्चारमा कस्ता अवरोधहरू खडा गर्छ भन्ने बताएको थियो। त्यसैले भाषाको उद्देश्यपूर्ण प्रयोगबाट मात्र यस्ता अवरोध र समस्याबाट मुक्ति पाइन्छ।
एक नेता जसले भाषाले पार्ने प्रभावहरूलाई नबुझेर अनेकन कुराहरू गर्न पुग्छ उसले ढिलो÷चाँडो विश्वसनीयता पनि गुमाउन पुग्छ। त्यसैले भाषालाई ब्लक चेन एकीकरण (सुरक्षित र पारदर्शी सम्बन्धको हातेमालो) का रूपमा प्रयोग गरेर व्यवहारलाई विश्वसनीय बनाएमा त्यो नेतृत्वलाई शिक्षित, व्यावहारिक र पारदर्शी नेतृत्व मान्न सकिन्छ। यसर्थ भाषा त एउटा माध्यम र औजार हो, यसले सधैँ दुई किनारालाई जोड्ने पुलको काम गर्नुपर्छ। भाषा कहिल्यै अवरोध बन्नु हुँदैन।
अव्यवस्थित र विच्छेदित मानसिकता त्याग्ने
नेतृत्वमा बाधा पुर्याउने काममा अव्यवस्थित र विभेदपूर्ण मानसिकता पनि एक हो। अन्य देशमा जस्तै नेपालमा पनि विशेषतः उदीयमान नेताहरू तथा व्यावसायिक र शैक्षिक सेटिङहरूमा यस किसिमको अव्यवस्थित र विच्छेदित मानसिकताले जरा गाडेको पाइन्छ। उदाहरणका रूपमा कुनै एक कार्यशाला बिहान १० बजेका लागि निर्धारित गरिएको हुन्छ तर सहभागीहरू १०ः४५ सम्ममा आउँदै हुन्छन् र कार्यशाला करिब एक घण्टा ढिला सुरु हुन पुग्छ। समयनिष्ठताको यो विषयलाई सानो असुविधा वा हल्कारूपमा लिएर खारेज गर्न सकिएला तर यसले संरचना र समयमाथि ठूलो समस्या सिर्जना गर्छ। यो मानसिकतालाई सम्बोधन नगरी छोडियो भने स·ठनको सञ्चालन, रणनीति र समग्र प्रणालीको प्रभावकारितामा नै गम्भीर समस्या र क्षति हुन पुग्छ।
नेतृत्व जहिले पनि आदर्शको बाटो हिँड्नुपर्छ। ऊ स·ठनको मियो मात्र होइन, अरूका लागि पनि अनुकरणीय व्यक्तित्व बन्नु पर्छ। नेतृत्वलाई प्रभावकारी बनाउन र महत्त्वाकांक्षी योजनालाई पूरा गर्न उच्च रणनीतिक योजनाका साथ फराकिलो सोच बनाएर नेतृत्व अगाडि बढ्नुपर्छ। नेतृत्व भनेको विचार, निर्णय, कार्य र लक्ष्यहरूको जडान हो तर आजको उदीयमान धेरै नेताहरूले नेतृत्वमा हुनुपर्ने यस किसिमका ओज र गुणलाई बेवास्ता गरिएको पाइन्छ।
सूक्ष्म व्यवस्थापनको मार्ग पहिचान
एउटा यात्री पहाडमा हराएपछि गाउँलेलाई सोध्छन्, यो बाटो मार्सेलो पुगिन्छ ? गाउँलेको जवाफ हुन्छ– हो सर, यो मार्सेलो जाने बाटो हो तर तपाईँ गलत दिशामा जाँदै हुनुहुन्छ। यसबाट बुझ्न सजिलो छ, आफ्नो गन्तव्य पर्याप्त होइन, मुख्य कुरा सही मार्ग पहिचान गर्न सक्नुपर्छ। आफ्नो स·ठनको नेतृत्व गर्ने युवाले यस घटनालाई एउटा सत्यका रूपमा लिनुपर्छ। युवा नेताहरूमा निहीत सबैभन्दा ठूलो शक्ति उनीहरूको जोस, ऊर्जा र नवीन विचारहरू हुन्। स्पष्ट कार्यदिशाको अभावमा यो ऊर्जा र जोस छिन्नभिन्न हुन पुग्छ। धेरै युवा नेताहरूले आफ्नो क्षमता र प्रभावकारिता प्रमाणित गर्ने प्रयास गर्दा यस्तै दोहोरो अलमल र चुनौतीको सामना गर्नुपर्छ। जब दृष्टि नै धमिलो र अस्पष्ट बन्न पुग्दछ त्यसले टोलीभित्र भ्रम र गलत स·ठन सिर्जना गर्छ। समय र विचार स्पष्टताको कमीले कामप्रतिको उत्प्रेरणा र विश्वासलाई पनि कम गर्छ। यसले गर्दा आफूले गरेको योगदानप्रति पनि अनिश्चित महसुस हुन्छ।
यस्तो अवस्थामा युवा नेताहरूले आफ्नै असुरक्षा, विश्वासको कमी र आफूलाई नियन्त्रण कायम गर्न प्रायः माइक्रो म्यानेजमेन्टको सहारा लिने गर्छन्। यद्यपि यस्तो माइक्रो म्यानेजमेन्टले नेतृत्वकर्ताको रचनात्मक पहलकदमीलाई निरुत्साहित गर्छ। टोलीको मनोबल घटाउँछ र नेतृत्व चुनौतीलाई थप जटिल बनाउँछ।
नेतृत्वबारे नयाँ परिभाषाको खोजी
नेतृत्व सधैँभरि एउटै आकार र मान्यतामा मिल्ने कुरा होइन। यो त समाज र स·ठनको भावना, दृष्टि, सन्दर्भ, सम्बन्ध र सञ्चारको एक गतिशील र परिवर्तनशील अन्तरक्रिया हो। अव्यवस्थित र विखण्डित मानसिकता, अस्पष्ट दृष्टिकोण, शब्दजालमा अत्याधिक र अनियन्त्रित निर्भरता जस्ता पक्ष छिचोल्नै नसकिने चुनौती होइनन्। यस किसिमका समस्या र चुनौतीहरूलाई अनुकूलन गर्दै अगाडि बढ्नु नेतृत्वका लागि अवसर पनि हुन्।
सच्चा र ठूला नेतृत्वकर्ताले प्रेरणा मात्र दिँदैनन्। उनीहरू आफूसँग रहेको ऊर्जा र जोसलाई स·ठनको उद्देश्यसँग जोडेर रणनीतिसँग समानुभूति राख्दै सिद्धान्तलाई अभ्यासमा रूपान्तरण गर्न सफल हुने गर्छन्। साथै उनीहरूले विचारलाई कार्यमा, लक्ष्यलाई वास्तविकतामा र मानिसलाई साझा उद्देश्यका रूपमा जोड्ने पुलको काम गर्छन्।
नेतृत्व निरन्तरको भुलभुलैया होइन र सिद्धान्तलाई कम्पास मानेर हिँड्नुलाई पूर्णता मान्न सकिँदैन। यो त स्पष्ट, नम्र भएर यात्रामा आइपर्ने अनुभवलाई संगाल्दै र पाठहरूलाई अंगाल्दै उच्च साहसद्वारा निर्देशित कर्म हो। यसर्थ व्यक्तिगत स्वार्थभन्दा सधैँ माथि उठेर अरूलाई पनि सशक्त बनाउने र सदैव पे्ररित गर्ने काम असल नेतृत्वले गर्छ।
सामूहिक लक्ष्य प्राप्तिका लागि कसैलाई हुकुम जारी गर्ने र शक्ति प्रदर्शन गर्नु असल नेतृत्वकर्ताको गुण हुँदै होइन, बरु यो एउटा यस्तो कला हो जसले अरूप्रति सहानुभूति राख्छ, सहकार्य गर्छ र नेतृत्वका लागि अरूलाई पनि प्रोत्साहन गर्छ। साथै अरूका विचार सुन्ने र जिम्मेवारीको भारी बाँडेर उच्च नेतृत्व कौशल प्रदर्शन गर्छ। कर्तव्य, आदर्श, निस्वार्थ सेवा, समदर्शिता जस्ता कुराहरू असल नेतृत्वका महत्त्वपूर्ण विशेषता मानिन्छन्।
प्रकाशित: १६ माघ २०८१ ०७:०३ बुधबार