अन्तर्वार्ता

राष्ट्रिय सरकार मात्र टिक्न सक्छ

तपाईंको पार्टीमा देखिएको विवाद कहाँ पुग्यो ?
एक हिसाबमा पार्टीले विवाद किनारा लगाएको छ । पार्टी अनुशासन उल्लंघन गर्नेलाई हामीले निष्कासन गरेका छौं । त्यतिखेर हस्ताक्षर गर्ने सभासदलाई पार्टीमा फिर्ता हुन आहृवान गरेका छौं । उनीहरू पार्टीको मुलधारमा फर्किने क्रम सुरु भएको छ ।

अर्को पक्षले कारबाही फिर्ता गर्न दबाब दिएको छ, होइन ?

केन्द्रीय समितिले निर्णय गरेर अगाडि बढिसक्यो । पार्टीको अनुशासन तोडेकाले कारबाही गरिएको हो।

केन्द्रीय समितिको बैठकमा अर्को पक्षलाई बोलाउनुभएन रे ?
उहाँहरुलाई बोलाएको हो तर सत्तामग्न भएकाले आउनु भएन । हामीसाग बहुमत छ । समय आएपछि सबै थाहा हुन्छ।

अव के भयो भने कारबाही फिर्ता हुन सक्छ ?
उनीहरु सत्ता तोडफोडका निकै राम्रा खेलाडी हुन । विगतमा ठूलो हस्तीमा नाम कमाएका अनुभवी हुन् । पार्टीले निर्णय गर्‍यो । त्यो निर्णय मैले पनि मान्नुपर्छ, अरुले पनि मान्नु पर्छ ।

 

मिलेर जाने सम्भावना चाहि कति छ ?
उहाँहरुले के गर्नुहुन्छ, त्यसमा भर पर्छ । व्यक्तिभन्दा पार्टी ठूलो हो ।

कारबाही फिर्ता लिन आग्रह गरेका छन् नि ?
अखबारमा गरेको आग्रहको कुनै अर्थ छैन । त्यो आग्रहभन्दा पनि नाटक हो । हामीले त्यस्तो किसिमको कुनै आग्रह पाएका छैनौं । उनीहरुले पार्टी फोर्ने मानसिकताले महिनौंदेखि काम गरेको हुन् । यसलाई जामा पहिराउन नाटकीय कुरा आएका छन् ।

गच्छदारले त अझै पनि पार्टी फुटदैन भनेका छन् नि ?
पार्टी त कहाँ फुटेको छ र ? पार्टीमा गलत काम गर्नेलाई कारबाही मात्र गरिएको हो । कुनै पनि पार्टीमा अनुशासनको कारबाही गरेर निकाल्नु भनेको पार्टी फुट्नु होइन ।

अब तपाईंहरु कसरी अघि बढ्नुहुन्छ ?
हामी पार्टीको नीति र निर्देशनलाई पालना गरेर अगाडि बढ्छौं । अव हाम्रो भूमिका प्रतिपक्षको हुन्छ । हामी सत्ताको फोहोरी खेलमा जादैनौं । मधेस र लोकतन्त्रका मुद्दालाई लिएर संसद्मा प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्छौं।

गच्छदारले संसदीय दलमा बहुमत भएको दाबी गरेका छन् नि ?
त्यसलाई कसले प्रमाणित गर्ने ? सभासद्हरु चेतनशील भइसकेका छन् । पार्टी फोर्न कोही जाँदैन । सबैले तीनको चाल बुझिसकेका छन् । सत्ताको लोभ र कुर्चीका लागि गरिएका खेलहबारे सबै सभासद्ले राम्रोसँग बुझेका छन् । उनीहरु कसैका जालमा फस्नेवाला छैनन् । जो फसे, ती पनि फर्कँदै छन् । हामीसँग संविधानसभा र केन्द्रीय समिति दुवैमा बहुमत छ । त्यसको पुष्टि पछि हुन्छ ।

तपाईंहरूको पार्टीको विवादको जड चाहिँ के हो ?
हाम्रो पार्टीभित्र क्रान्तिकारी र अवसरवादी दुई धार देखियो । अवसरवादी प्रवृत्तिमा जसरी भए पनि सत्तामा जाने र सत्ताको आडमा ब्रहमलुट गर्ने मानसिकता देखियो । सत्ताविना बाँच्न नसक्ने, राजनीति भनेकै सत्ता हो भन्ने अवसरवादी प्रवृत्ति पार्टीमा देखियो । यो प्रवृत्तिका ब्यक्तिहरू माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजिनामा गर्नुअघि नै सरकार परिवर्तनको खेलमा सामेल भइसकेको थियो । अहिले यी दुई प्रवृत्तिबीचको द्वन्द्व हो । यसमा काग्रेस र एमाले फोरम विभाजन गर्ने षड्यन्त्रमा लागेकाले थप द्वन्द्व देखापरेको हो ।

विवाद तपाइर्को पार्टीमा हुन्छ, अनि कांग्रेस-एमालेलाई चाहिा दोष किन ?

एउटा बैठकमा कांग्रेस नेताहरू गिरिजाप्रसाद कोइराला, विमलेन्द्र निधिलगायतले कांग्रेस पृष्ठभूमिको मान्छे भएकाले विजय गच्छदारलाई अगाडि बढाएको बताउनुभयो । 'फोरमलाई जसरी पनि फोर्नु थियो, हामीले फोरमलाई विभाजन गर्‍यौं' भन्नुभयो । त्यसमा एमालेका नेता माधव नेपाल पनि सहभागी भए ।
गच्छदारलाई उहाँहरुले त्यसमा पनि उपप्रधानमन्त्री र गृहमन्त्रीलगायत चार/पाँचवटा मन्त्रालयको लोभ देखाउनुभयो । प्रधानमन्त्री नेपालको कोटेश्वरस्थित घरमा भएको बैठकमा काग्रेस र एमाले नेताहरूले उपप्रधानमन्त्री दिने सहमति गरे । त्यो भनेको फोरम फोर्ने षड्यन्त्र हो ।

तपाईंले प्रधानमन्त्रीलगायत काग्रेस-एमाले नेताहरूसाग कुराकानी गर्नुभएन ?

प्रधानमन्त्रीसाग कुरा गर्दा 'हामीले धेरै कमिटमेन्ट र लगानी गरिसकेका छौ अव तपाईहरु व्यवस्थापन गर्नुस्' भन्नुभयो । उहााहरूले पहिलाझैं सांसदहरुको खरिद बिक्रीका लागि धनराशि खर्च गर्नुभएको होला ।
हामीले वैशाख २५ गते पार्टीको राजनीतिक समितिले माओवादी गठवन्धनबाट अलग भई नयाा लोकतान्त्रिक गठबन्धनमा जाने निर्णय गरेको सम्झायौं । त्यो निर्णय हुँदाहुँदै पनि माओवादीसाग मिलेको प्रचार गरियो । त्यसपछि केन्द्रीय समितिको बैठकले मुद्दामा प्रतिबद्ध हुनुपर्छ, नभए हामी बाहिर बसेर सरकारलाई सहयोग गर्ने निर्णय गरियो । तर, पछि झलनाथ खनाल र सुशील कोइरालाले ८ बुँदे सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौ, संसदमा प्रस्तुत भएको समावेशी विधेयक पास गराउाछौ भनेर लिखित रुपमा प्रतिबद्धता जाहेर गरेपछि सरकारमा जाने निर्णय गरेका हौं । तर, त्यसै बीचमा पार्टी फुटाउन पैसाको खोलो बगाएर सभासद्को हस्ताक्षर गर्न थालियो ।

फोरम फुटाउनपर्ने त्यस्तो के कारण छ ?
फुटाउादा फोरम आफनो बाटोवाट विचलित हुन्छ भनेर काग्रेस र एमाले फुटाउन लागेका हुन् । संघर्षको लाइन लिएको फोरमलाई सत्ताको फोहोरी खेलमा लगाउादा आफ्ना मुद्दा बिर्सन्छ, आफ्ना घोषणापत्र र नीति त्याग गर्छ भन्ने बुझाइ उनीहरूको छ । त्यसैले त पार्टीभन्दा संसदीय दल ठूलो हो भनेर ब्याख्या गरियो ।

त्यति थाहा हुँदाहुँदै साझा न्युनतम कार्यक्रममा किन हस्ताक्षर गर्नुभयो त ?
आठ बुँदे सम्झौतालाई कार्यान्वयन गर्ने, समावेशी ऐन पारित गर्ने लिखित प्रतिबद्धता दिएपछि त्यसकै आधारमा सरकारलाई समर्थन गर्ने भनेर हस्ताक्षर गरेका हौं । तर, सबै दलको सहमतिका आधारमा सरकार संचालन गर्ने भन्ने साझा कार्यक्रमको पहिलो बुादा प्रधानमन्त्रीले उल्लंघन गर्नुभयो ।

साझा कार्यक्रममा हस्ताक्षर गर्नुअघि सहमति भएको थिएन ?
सहमति भएको हो । तर, सहमति प्रधानमन्त्रीले तोडेका हुन् । हामीले प्रधानमन्त्रीसाग फोरमका ब्यक्तिलाई सपथ नख्वाउनुस् भन्यौं । तर, माधव नेपालले 'म लाचार छु, विवश छु, एकदम दबाबमा छु' भन्दै लाचारी र बाध्यता व्यक्त गर्नुभयो ।

कसको दबाबमा प्रधानमन्त्रीले यस्तो गर्नुभयो ?
त्यो माधव नेपालले नै जानुन् । कहाँवाट लाचार र विवश भए । तराईबासी र पहाडकाले हराएको नेतृत्व छ ।

फोरम पटक पटक विवाद र विभाजन भइरहेको छ नि ?
विवाद र विभाजन सबै पार्टीमा छ। एमालेभित्रै हेर्नुस् । १८/१९ दिन भइसक्यो । अझै मन्त्री चयन गर्न सकेको छैन । नेपाली कांग्रेसमा त्यस्तै छ । नेपालको राजनीतिक विषेशता कलह हो । त्यो सत्ता लोलुपताका कारण सिर्जना भएको हो । सत्तामोहले यस्ता किसिमका प्रवृत्तिलाई जन्म दिन्छ । लोकतान्त्रिक संस्कृति र सस्कारको अभावले यस्ता प्रवृत्ति देखिन्छन् ।

तपाईंसँग अहिले नजिक भएका जेपी गुप्तासाग पनि पटक पटक विवाद भएको थियो नि ?
पार्टीमा विवाद हुन्छ, छलफल हुन्छ तर पार्टीको निर्णय सबैले मान्नुपर्छ । यो नै लोकतान्त्रिक प्रणली हो । विवादै नभए त्यो पार्टी जिवित रहन सक्दैन ।

तर, राष्ट्रपति चुनाबका बेला तपाईं र गच्छदार मिलेर निर्णय गर्नुभयो भनेर गुप्ता असन्तुष्ट हुनुहुन्थ्यो नि ?
त्यस बेलाको परिस्थिति के थियो भने आधा घण्टामा निर्णय गर्नुपर्‍यो । तुरुन्त मतदान गर्नुपर्‍यो । घटनाक्रम बदलिएको थियो । उपराष्ट्रपतिमा माओवादीले समर्थन नगरेकाले हामीले रामवरणलाई समर्थन गरेका थियौ ।

त्यो समयमा गच्छदार र तपाइरईंको लाइन मिलेको थियो ?
त्यति वेला सबै कुरा मिलेकै हो । र, पनि गुप्ताका आफ्ना कटिमेन्ट थिए र ती नाजायज थिए भनेर चाहिा म भन्दिन ।

तपाई अध्यक्ष हुनुहुन्छ प्राय संसदीय दलको नेता अध्यक्षले चुनाव जिते उही नै हुने चलन छ तर तपाईहरुले गच्छदारलाई बनाउनु भयो
यो नै सबै भन्दा ठूलो धोका हो । वहाले म का.ग्रेसबाट आएको हु मलाई सबैले हेप्छन मलाई सम्मान गरिदिनु पर्‍यो म संसद सम्हाल्छु सरकारमा जान्न भनेर संसदीय दल र पार्टी केन्द्रीय समितिमा प्रतिवद्धता गरेको हो । त्यसलाई हामीले सदासयताका साथ लियौ । तर उहााले त्यसलाई रणनीतिको रुपमा लिनु भयो । त्यो रणनीति के भने संसदीय दललाई पार्टीको विरुद्ध उभ्याउन सकिन्छ भन्ने र अनेक किसिमका षणयन्त्र त्यहा भित्र गर्ने थलो बनाउनु भयो । मलाई लाग्छ त्यो दिनु नै गल्ती थियो।

त्यो दिनु पर्ने बाध्यता के थियो ?
केही पनि वाध्यता थिएन ।थारुहरुको प्रतिनिधि हुने र अनुभावि मान्छे भएकाले संसदीय दललाई राम्रोसाग सम्हाल्लान भनेका त झन वरवाद गरे ।

सरकारमा नजाने भनेर प्रतिवद्ध गरेको भए अघिल्लो सरकारमा किन पठाउनु भयो ?
त्यतीखेर जसरी पनि सरकारमा जानु पर्छ भन्नु भयो । सरकारमा गएपछि सबभन्दा वढि लाभ हुने मन्त्रालय चाहिन्छ नभए त्यो पनि हुदैन भनेर स्थीति सृजना गर्नु भयो । त्यही स्थीतिले गर्दा पनि पार्टी सरकारमा गयो ।

त्यतिखेर केन्द्रीय नेताहरु सरकारमा नजाने भन्ने सहमति भएको थियो तर मन्त्री छान्न तपाईहरु वस्नु भयो तपाईहरुनै सरकारमा जानु भयो भन्ने आरोप लागेको थिया नी?
सरकारमा को को जाने भन्ने विषमा यिनै निर्णयहरु भएका हुन ।

गच्छदार पार्टीमा वपरिष्ट नेता हुन भएको छ नी विरगंज महाधिवेशनवाट ?
उहाँ फोरममा त आउनु भयो तर कहिल्यही पनि मधेशका मुद्दामा सहमत हुनु भएन । उहााले मेधसको भावनासाग कहिल्यही पनि आफुलाई जोड्न सक्नु भएन ।

मुद्दासँग नजोडिएको मान्छेलाई किन ठूलो पद दिदै जानु भयो ?
उहाँले मौखिक रुपमा म गर्छ भनेर प्रतिवद्धता व्यत्त गर्नु भयो । मलाई लाग्यो कांग्रेसका त्यति ठूला हस्ती केही गर्लान जस्तो लाग्यो । फेरी आधिवासी थारु समुदायका पनि परे । र यो समुदायलाई अगाढी वढाउनु पर्छ भन्ने पनि लाग्यो । त्यो आधारमा उहालाई पद दिईएको थियो । तर त्यत्रो सम्मान दिदा दिदै पनि वहााले पार्टीलाई लात मार्नु भयो ।

एक मधेस प्रदशका विषमा पनि उहााले हुदैन भन्नु भएको थिया नी?
उहाँले हरेक कुरामा विवाद गर्नु भएको छ । समावेशीकरण एनको बारेमा विवाद गर्नु भयो ।मधेसीहरुको सची बनाउने कुरामा पनि विवाद गर्नु भयो । थारु मधेसीनै होईन भनेर पनि विवाद गर्नु भयो । उहाँले म मधेसी होईन आधिवासी भनेर पनि भन्नु भयो । फोरममा त आउनु भयो तर फोरमको नीति र सिद्धान्त र लक्ष्य चाही उहाामा आएन ।

मधेश प्रदेशको कुरा अव असरी अघि वढ्छ ?
मधेशसले क्षेतिय स्वयत्तता पाउनु पर्छ । संघीयतालाई हामीले स्विकार गरिसकेकोले मधेसी जनताको माग अनुसार स्वयत्त मेध प्रदेश पाउनु पर्छ ।

भौगोलिक रुपमा मधेश कहाँ देखि कहाँसम्म हो ?
युगौ युग देखि मधेसको नामले जानिएको सबै क्षेत्र मधेश हो । पुरै मधेशलाई एउटा प्रदेश बनाएर स्वयत्तता दिनु पर्छ ।

त्यो त संविधानसभाले निक्यौल गर्ने विषय हो नी?
हामीले नै निक्यौल गर्ने भए त पहिलानै घोषण गरिसक्थ्यौ नी । त्यसैले त्यो बाटो तिर जानु पर्छ नेपालको हितको लागि । मधेसको मानिसको पहिचान र समग्र नेपालको विकासो लागि स्वयत्त मेधस प्रदेशमा जानु पर्छ ।

तर मधेसकै पार्टीविच पनि यो विषयमा एकरुपता छैन नी ?
बहुदलीय व्यवस्थामा सबैको एक रुपता भयो भने त्यो त एकदलिय व्यवस्था भई हाल्छ नी । फरक विचार हुनु स्वभाविक हो ।

तराईका पार्टीहरुसँगको सहकार्य कसरी अघि वढ्छ ?
त्यो सहकार्य मुद्दाका आधारमा हुनुपर्छ ।

मधेसी मोर्चा विभाजित देखिएको छ ?
मोर्चागत हिसावले मधेसका पार्टीहरु एकजुट भएर अगाढी वढ्नु पर्छ ।

तपाइले त तराईका पार्टीले पनि फोरम फुटाउन षडयन्त्र गरेभन्नु भएको छ नी ?
माधव नेपालको घरमा भएको सहमतिमा तराईका पार्टी पनि उपस्थित भएकोमा हामीलाई वढो दुःख लाग्यो। तर सधैका लागि पानी वाराबार हुन्छ भन्ने छैन । फेरी पनि मोर्चावन्दी भएर मधेसका मुद्दामा मघि वढ्न सक्छौ ।

तपाईहरु सरकारमा जाँदा तमलोपा सरकार वाहिर वस्ने तमलोपा सरकारमा जाँदा तपाईहरु सरकार वाहिर वस्ने के हो ?
यो जुहारी होईन संयोग मात्रै हो ।

मुलुकको राजनीतिक कसरी अगाढी वढ्छ ?
मुलुकको राजनीति अन्यौल छ । जनताहरु आस्वस्त हुन सकेका छैनन । त्यसैले मुलुकलाई सहिबाटोमा लैजाने हो भने राष्ट्रिय सरकार वनाउनु पर्छ । सबै प्रमुख राजनीतिक पार्टिहरुको सरकार गठन गनुपर्छ । त्यो नै अहिलेको उपयुक्त बाटो हो।

माधव नेपालको नेतृत्वमा राष्ट्रिय सहमति हुन सक्दैन ?
उनले आफ्नै दलभित्र सहमति गर्न सकेका छैन उनले कसरी राष्ट्रिय सहमति गर्न सक्छन । षणयन्त्र गरेर जालझेल गरेर सहमति हुन सक्दैन । सबैले स्विकार गर्ने नेतृत्व राष्ट्रिय सरकारको हुनु पर्छ ।

अहिलेको सरकारको भविष्य कस्तो देख्नु भएको छ ?
या सरकारको बर्तमाननै देखेको छैन भविष्य कहावाट देख्ने । यो सरकारको सामु चारै तिर चुनौती नै चुनौती छ । यस्तै भयो भने समयमै संविधान बन्न गाह्रो छ ।


प्रस्तुति : तिलक पाठक/गोविन्द परियार

प्रकाशित: २६ जेष्ठ २०६६ ००:५७ मंगलबार