न्यूयोर्क सिटीको मेयर चुनावका लागि डेमोक्र्याट उम्मेदवार जोहरान ममदानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनीहरूको चुनावी अभियानबाट डराएका भएको टिप्पणी गरेका छन्। ट्रम्पले यसअघि भनेका थिए कि यदि जोहरान ममदानी विजयी भए भने न्यूयोर्कलाई संघीय फन्ड पठाउन आफ्नो लागि ‘गाह्रो’ हुनेछ।
चुनावअघि सिएनएनसँगको अन्तर्वार्तामा ममदानीले भने, ‘तपाईंले स्पष्ट रूपमा देख्न सक्नुहुन्छ कि डोनाल्ड ट्रम्प हाम्रा अभियानबाट डराएका छन्। उनी डरिएका छन् किनभने हामीले पनि न्यूयोर्कका कामकाजी वर्गले भोगिरहेको वास्तविक संकट, बढ्दो महँगाइ को सही पहिचान गरेका छौं।’
उनले थपे, ‘तर उनीहरूभन्दा फरक, हामी साँच्चिकै यस समस्याको समाधान दिन लागेका छौं। यही भिन्नता उनीहरूका लागि असह्य भइरहेको छ। किनभने उनी त ह्वाइट हाउसको एउटा बलरूम पुनः सजावट गर्न ३० करोड डलर खर्च गर्दैछन्, त्यही रकमले करिब एक लाख न्यूयोर्कवासीलाई खाद्य सहयोग गर्न सकिन्थ्यो।’
यसअघि, ट्रम्पले न्यूयोर्क सिटीको मेयर चुनावमा पूर्व गभर्नर एन्ड्र्यू कुओमोको समर्थन गर्दै मतदाताहरूसँग वामपन्थी उम्मेदवार ममदानीलाई मत नदिन अपिल गरेका थिए।
ट्रम्पले ट्रुथ सोसल मा लेखेका थिए, ‘तपाईंलाई व्यक्तिगत रूपमा एन्ड्र्यू कुओमो मन परोस् वा नपरोस्, वास्तवमा तपाईंको अर्को विकल्प छैन। तपाईंले उनलाई नै भोट दिनुपर्छ र आशा गर्नुपर्छ कि उनले उत्कृष्ट काम गर्नेछन् — त्यो गर्न सक्षम उनी छन्, ममदानी होइन।’ एजेन्सी
प्रकाशित: १८ कार्तिक २०८२ १३:२० मंगलबार