चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षपछि अमेरिका आइपुगेका छन्। प्रोटोकल तोड्दै अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई जोइन्ट बेस एन्ड्रयूज विमानस्थलमा व्यक्तिगत रूपमा स्वागत गरे।
ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प पनि थिइन् भने सीसँगै उनकी श्रीमती पेङ लियुआन पनि थिइन्।
अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई स्वागत गर्न सिधै विमानस्थल जानु सामान्य कुरा होइन। बिहीबार राति सी जिनपिङ र उनकी श्रीमती पेङ लियुआनको सम्मानमा ह्वाइट हाउसमा एक राजकीय रात्रिभोज आयोजना गरिनेछ।
यसपछि ट्रम्प र सी जिनपिङबीच द्विपक्षीय वार्ता हुनेछ। यसमा व्यापार, भन्सार, कृत्रिम बुद्धिमत्ता (एआई), ताइवान र रूससँग सम्बन्धित मुद्दाहरू समावेश हुन सक्छन्।
प्रकाशित: ८ आश्विन २०८३ ०८:१० बिहीबार