अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित वार्ताको बारेमा बोलेका छन्।
आगामी दुई दिनमा इस्लामाबादमा 'केही हुन सक्छ' भन्दै इरानसँगको वार्ताको सम्भावना देखाएका हुन्। इरानको सरकारी समाचार एजेन्सी इरनाले थप वार्ताको बारेमा कुनै जानकारी नभएको बताएको केही घण्टापछि ट्रम्पले यस्तो बताएका हुन्।
इरान र पाकिस्तानबिच सन्देश आदानप्रदान भएको छ तर अहिलेसम्म कुनै नयाँ वार्ताको पुष्टि भएको छैन। पाकिस्तानले यस विषयमा मध्यस्थकर्ताको रूपमा काम गरिरहेको छ।
इस्लामाबादमा भएको अमेरिका-इरान वार्ता कुनै सम्झौताबिना नै समाप्त भएपछि पनि पाकिस्तानले आफ्नो मध्यस्थता प्रयास जारी राखेको स्रोतले बताएको छ।
ट्रम्पको पछिल्लो बयानमा इरानबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
यसअघि, अप्रिल ८ मा दुई हप्ताको युद्धविराम घोषणा गरिएको थियो, जुन अप्रिल २२ मा समाप्त हुँदैछ।
प्रकाशित: २ वैशाख २०८३ १५:१३ बुधबार