अन्तर्राष्ट्रिय

रुसको शक्तिशाली भूकम्पले किन ठुलो सुनामी ल्याएन ?

बुधवार बिहान ११ः२५ (स्थानीय समय) मा पूर्वी रुसमा ८.८ रेक्टर स्केलको भूकम्प आउँदा प्रशान्त महासागरका तटीय क्षेत्रमा ठुलो चिन्ता छायो।

करोडौँ मानिसलाई सुरक्षित स्थानमा सारियो। किनभने मानिसको मन २००४ मा हिन्द महासागरमा र २०११ मा जापानमा आएको विध्वंसकारी सुनामीतर्फ फर्किएको थियो, ती दुवै यस्तै ठुलो भूकम्पबाट उत्पन्न भएका थिए।

बुधबारको भूकम्प हालसम्मकै एक शक्तिशाली भूकम्पमध्ये पर्छ, तर अहिलेसम्म धेरैले सोचेजस्तो विनाशकारी सुनामी भने आएको छैन। यद्यपि केही क्षति भने पुगेको छ।

सुनामी किन यति ठुलो भएन त?

यस्ता भूकम्पले समुद्रको पानीलाई माथि धकेल्न सक्छ, जुन छालको रूपमा तटतिर आइपुग्छ। गहिरो समुद्रमा सुनामीको गति ८०० किमी/घण्टा (५०० माइल/घण्टा) भन्दा बढी हुन सक्छ। यस्तो बेला छालहरूबिचको दूरी लामो हुन्छ र उचाइ एक मिटरभन्दा कम हुन्छ।

तर शक्तिशाली  भूकम्प आयो भनेर सधैँ ठुलो सुनामी आउँछ भन्ने हुँदैन। रुसको बुधबारको भूकम्पपछि पूर्वी रुसमा कतिपय स्थानमा ४ मिटर (१३ फिट) उचाइको छाल आएको बताइएको छ। तर यो २००४ को हिन्द महासागर (तस्मानिया) वा २०११ को जापानमा देखिएको १० मिटरभन्दा बढी उचाइको खतरनाक सुनामीभन्दा निकै शान्त रह्यो। एजेन्सी

प्रकाशित: १५ श्रावण २०८२ ०७:०५ बिहीबार