ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी छिन्।
क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले इजरायल-इरान र भारत-पाकिस्तान बीचको युद्धसहित छ वटा युद्धरू समाप्त गरेका बताइन्।
पत्रकार सम्मेलनमा उनले भनिन्, 'डोनाल्ड ट्रम्पले अब थाइल्याण्ड र कम्बोडिया, इजरायल र इरान, रुवान्डा र कंगो गणराज्य, भारत र पाकिस्तान, सर्बिया र कोसोभो, र इजिप्ट र इथियोपिया बीचको द्वन्द्व समाप्त गरिसकेका छन्।'
यसको अर्थ राष्ट्रपति ट्रम्पले आफ्नो छ महिनाको कार्यकालमा औसतमा एउटा शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थता गरेको क्यारोलिन लेभिटले भनिन्।
उनले भनिन्, 'अब राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको छ।'
यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरेका थिए। एजेन्सी
प्रकाशित: १६ श्रावण २०८२ ०९:३० शुक्रबार