अन्तर्राष्ट्रिय

थाइल्याण्ड र कम्बोडियाबीच जारी संघर्षबारे अमेरिकाले के भन्यो?

थाइल्याण्ड र कम्बोडियाबीच लगातार दोस्रो दिन पनि सीमा क्षेत्रमा लडाइँ जारी रहँदा अमेरिकाले दुवै देशलाई तुरुन्तै युद्धको अवस्था अन्त्य गर्न आग्रह गरेको छ।अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले भने कि दुवै देशले अक्टोबरमा गरेको शान्ति सम्झौता कार्यान्वयन गर्नुपर्छ।

अक्टोबरमा थाइल्याण्ड र कम्बोडियाले मलेसियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा  युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यसबेला ट्रम्पले सीमा–संघर्ष अन्त्य हुनु ऐतिहासिक उपलब्धि भएको बताएका थिए।

सोमबार दीर्घकालीन भू–विवादका कारण पुनः झडप सुरु भएपछि हजारौँ नागरिकहरू विस्थापित हुनुपरेको छ। थाइल्याण्डले झडप छ वटा सीमा–प्रान्तसम्म फैलिएको बताएको छ र उसका पाँच सैनिक मारिएका छन्। कम्बोडियाले भने थाइ आक्रमणमा उसका सात नागरिकको मृत्यु भएको दाबी गरेको छ। एजेन्सी

प्रकाशित: २४ मंसिर २०८२ ०७:०० बुधबार