अन्तर्राष्ट्रिय

साउदी अरेबिया र पाकिस्तानबीचको रक्षा सम्झौतामा इरानले के भन्यो?

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले साउदी अरेबिया र पाकिस्तान बीचको रक्षा सम्झौताको स्वागत गरेका छन्।

उनले यो कदमले यस क्षेत्रमा व्यापक सुरक्षा प्रणाली र राजनीतिक, सुरक्षा र रक्षा क्षेत्रमा मुस्लिम देशहरू बीचको सहकार्यको सुरुवात भएको बताए।

बुधबार संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सम्बोधनको क्रममा इरानी राष्ट्रपतिले यस महिना कतारको राजधानी दोहामा भएको इजरायली आक्रमणको पनि निन्दा गरे।

'शक्ति प्रयोग गरेर सुरक्षा सुनिश्चित गर्न सकिँदैन, बरु विश्वास निर्माण, क्षेत्रीय सम्पर्क अभिवृद्धि र बहुपक्षीय ऐक्यबद्धता आवश्यक छ,' उनले भने।

'इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्ने प्रयास गरेको छैन र कहिल्यै गर्ने पनि छैन,' मसूद पेजेश्कियानले भने।

प्रकाशित: ९ आश्विन २०८२ ११:०८ बिहीबार